भीजे र अथरले ल्याए ‘किच किच’ म्यूजिक भिडियो

लन्डन । गायक विजय घिमिरे (भीजे) र जे अथर मिलेर ‘किच किच’ गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । आरएनबी शैलीको उक्त गीतलाई भिजे जे अथर र युबेन ब्लाकले संयुक्त रुपमा लेखेका हुन् भने गीतको बिट जे अथरले बनाएका हुन् । बेलायतमा बसेर नेपाली संगीत सिर्जना गरिरहेका भीजे र साथीहरु मिलेर यस गीतको म्यूजिक […]

May 8, 2024 - 17:47
 0
भीजे र अथरले ल्याए ‘किच किच’ म्यूजिक भिडियो

लन्डन । गायक विजय घिमिरे (भीजे) र जे अथर मिलेर ‘किच किच’ गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । आरएनबी शैलीको उक्त गीतलाई भिजे जे अथर र युबेन ब्लाकले संयुक्त रुपमा लेखेका हुन् भने गीतको बिट जे अथरले बनाएका हुन् ।

बेलायतमा बसेर नेपाली संगीत सिर्जना गरिरहेका भीजे र साथीहरु मिलेर यस गीतको म्यूजिक भिडियो तयार पारेका हुन् । फरक शैलीको गीत तथा भिडियो बनाएर दर्शक स्रोताहरुलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले आफूहरुले नयाँ शैलीमा प्रस्तुत गरेको हुँदा दर्शकहरुको मन जित्ने गायकको धारणा छ ।

भीजे म्यूजिक नामक युटुबबाट सार्वजनिक गरिएको यस गीतको म्यूजिक भिडियो छोटो समयमा लाखौँ दर्शकहरुले रुचाएका छन् । गायक (भिजे) ले यस अघि पनि बेहुली, आइ लभ यू, तिम्रो मेरो माया जस्ता गीतहरु सार्वजनिक गरिसकेका छन् ।

म्यूजिक भिडियो:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register