हर्षवर्धन राणेका कारणले टुक्रियो संजीदा शेखको विवाह ?

एजेन्सी । संजीदा शेख ‘हीरामन्डी’ मा महत्वपूर्ण भूमिकामा देखिएकी थिइन् । ‘वहीदा’ को भूमिकाबाट उनले धेरैको मन जितिन् । फिल्म अघि संजिदाले टेलिभिजनमा लामो समय काम गरेकी थिइन । उनले सन् २०१२ मा अभिनेता आमिर अलीसँग विवाह गरेकी थिइन् र सन् २०२२ मा सम्बन्धविच्छेद भयो । आमिर अली र संजीदा शेखको एउटी छोरी पनि छन् […]

Jun 11, 2024 - 13:21
 0
हर्षवर्धन राणेका कारणले टुक्रियो संजीदा शेखको विवाह ?

एजेन्सी । संजीदा शेख ‘हीरामन्डी’ मा महत्वपूर्ण भूमिकामा देखिएकी थिइन् । ‘वहीदा’ को भूमिकाबाट उनले धेरैको मन जितिन् । फिल्म अघि संजिदाले टेलिभिजनमा लामो समय काम गरेकी थिइन ।

उनले सन् २०१२ मा अभिनेता आमिर अलीसँग विवाह गरेकी थिइन् र सन् २०२२ मा सम्बन्धविच्छेद भयो । आमिर अली र संजीदा शेखको एउटी छोरी पनि छन् ।

मिडिया रिपोर्टका अनुसार आमिर र संजीदाको विवाह टुंगिनुका पछाडि हर्षवर्धन राणेको हात छ । संजीदा शेखले विगत लामो समयदेखि हर्षवर्धन राणेसँग डेट गरिरहेकी छन् ।

हालै दिइएको एक अन्तरवार्तामा संजीदाले भनिन् प्रेम एकदमै सुन्दर हुन्छ र धेरैपटक हुन सक्छ । उनको यही बयानलाई हर्षवर्धन राणेसँग जोडेर सम्बन्धविच्छेद भएको अनुमान गर्न थालिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register