किन छोरी चेलीहरुलाई पनि आफ्नो मर्जी अनुसारको ड्रेस लगाएर खेलहरूमा प्रतिस्पर्धा गर्न नदिएको?
वास्तवमा तपाईहरुले नियालेर हेर्नुभयो भने ओलम्पिक खेल होस् अथवा कुनैपनि अन्तर्राष्ट्रिय खेल किन नहोस् धेरैजसो प्रतिस्पर्धाहरुमा महिलाहरूलाई अत्याधिक छोटो लुगा लगाउन बाध्य गराउने नियमहरु बनाएर शोषण गरेको आभास हुन्छ ।

जुलाई 2021 को पहिलो हप्तामा, युरोपेली ह्यान्डबल महासंघले नर्वे महिला बीच ह्यान्डबल टोलीलाई बिकिनी ब्रिफको सट्टामा अलिक लामो हाफपाइन्ट (Shorts) लगाएकोमा जरिवाना गरेको थियो। द न्यु योर्क टाइम्सका अनुसार, अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघले महिला खेलाडीहरूलाई बिकिनी-शैलीको कट्टुहरु अनिवार्य गरेको छ, जबकि पुरुषहरूलाई घुँडाभन्दा चार इन्च माथि सम्मका हाफपाइन्ट (Shorts) लगाउने अनुमति दिएको छ । यद्यपि नर्वेली महिला टोलीले विगत १५ वर्षदेखि गुनासो गर्दै आएतापनि सस्थाले बल्ल गएर नियमहरुको बारेमा छानबिन गर्ने भएको छ।
वास्तवमा तपाईहरुले नियालेर हेर्नुभयो भने ओलम्पिक खेल होस् अथवा कुनैपनि अन्तर्राष्ट्रिय खेल किन नहोस् धेरैजसो प्रतिस्पर्धाहरुमा महिलाहरूलाई अत्याधिक छोटो लुगा लगाउन बाध्य गराउने नियमहरु बनाएर शोषण गरेको आभास हुन्छ ।
किन छोरी चेलीहरुलाई पनि आफ्नो मर्जी अनुसारको ड्रेस लगाएर खेलहरूमा प्रतिस्पर्धा गर्न नदिएको? कहाँ गए संसारभरीका मानवअधिकारवादीहरु र महिला अधिकार वादीहरु?
जब हामी ओलम्पिक खेल हेर्न बस्दथियौं तब मेरो छोराले मलाई सोध्ने गर्दथ्यो, बाबा यिनीहरुले यस्तो छोटो लुगा किन लगाएको? म आफूलाई पनि ज्ञान नभएको हुँदा छोरालाई उत्तर दिन सक्षम थिईन। यदि यो गेम को नियम नै यस्तो हो भनेर भने भने सोही खेल केटाहरुले खेल्दा लामो लुगा लगाएर खेल्ने गर्दथे। म आफै पनि तीन छक्क पर्दथे किन होला वास्तवमा यस्तो नियम बनाएको?
अर्को पल्ट तपाईंले पनि कुनैपनि गेम हेर्दा विचार गर्नुहोला । विशेषगरी जिम्नास्टिक खेलहरू यस्तो बिकृति पाइन्छ।
छोरा होस् या छोरी होस दुवैलाई बराबर अधिकार खेलक्षेत्रमा पनि हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। विशेषगरी ड्रेस कोडमा महिलाले लगाउन चाहेको लुगा छनोट गर्ने स्वतन्त्रता हुनुपर्छ।
पाठक वर्गहरुमा यसबारेमा अधिक जानकारी भए कमेन्ट गरेर हामीलाई जानकारी गराउनुहोला।
What's Your Reaction?






