सहि शिक्षा: कुन व्यवस्था राम्रो, कुन धर्म राम्रो?

परिणाम वा प्रमाण हेरेर आफै ले राम्रो, नराम्रो छुट्ट्याउने बानी बसालौ!

Dec 31, 2021 - 12:33
Dec 31, 2021 - 12:33
 0
सहि शिक्षा: कुन व्यवस्था राम्रो, कुन धर्म राम्रो?
सहि शिक्षा: कुन व्यवस्था राम्रो, कुन धर्म राम्रो?
...
हामी लाई नेपाल तिर सानै देखि यो धर्म राम्रो, त्यो नराम्रो, यो व्यवस्था राम्रो, त्यो नराम्रो भनेर राम्रो नराम्रो को कसिमा बाबु आमा, शिक्षक, समाज र सरकार ले निर्णय गरेर ब्रेनवाश गर्दै हुर्काइन्छ! हामी मा परेको त्यो छापले गर्दा यदी नराम्रो चिज लाई राम्रो भनेर ब्रेन वाश गरिएको छ भने हामीले हाम्रो सोच बदल्न गहिरै अध्ययन र अनुभव बटुल्न पर्ने हुन्छ!
...
बेलायत तिर भने यो राम्रो र त्यो नराम्रो भन्दा पनि यो धर्म का दर्शन यस्ता छन्, यस्तो गरिन्छ र अर्को धर्म का दर्शन र संस्कार उस्ता छन् भनेर भनिन्छ, राम्रो नराम्रो छुट्ट्याउने काम चाहिँ व्यक्ति लाई नै छोडिन्छ! त्यस्तै व्यवस्था पनि यो व्यवस्था मा यस्तो गर्छन् र त्यो व्यवस्था मा त्यसो गर्छन्, परिणाम भने कुनै ठाउँमा यस्ता र कुनै ठाउँमा उस्ता निस्किएका छन् भनिन्छ, त्यस पछि राम्रो नराम्रो मानिस स्वयं ले परिणाम का आधारमा छुट्ट्याउछन!
...
हाम्रो देशमा विकास नहुनु र समाज भाडिनुका मुल कारण हरु यिनै हुन्! हामिलाइ कसैले माओ, मार्क्स, लेनिनवाद अत्यन्तै राम्रा वाद हुन भनेर रटायो, ति वाद कहाँ कसरी प्रयोग गरिए र कस्तो परिणाम निस्कियो कसैले देखेको छैन (भलै यी वाद प्रयोग भएका देशमा प्रजातन्त्र छैन, निरङ्कुशता छ, सबै समान छैनन्, गरिब धनी बीच ठूलो दरार छ, चरम पूजिवाद छ, भोकमरी छ, गरिब छन् देश)! त्यस्तै राजतन्त्र मा राजाले लुट्छन भनेर सिकाइयो, युरोप का राजाले लुट्दैनन भनेर कसैले सिकाएन, राजतन्त्र मा देश सुरक्षीत हुन्छ भनेर कसैले सिकाएन, लुट त अपारदर्शीताको कारण ले हो, दन्डहिनताले हो कुनै वाद वा तन्त्र ले होइन भनेर पनि कसैले सिकाएन!
...
त्यस्तै यो धर्म सस्तो हुन्छ र त्यो महङ्गो हुन्छ, यो धर्म मा रुढीबादी छन्, त्यसमा छैनन् भनेर भ्रम फैलाइयो, झूठ सिकाइयो, यी सब रुढीबादी काम मान्छे आफैले नमान्दा वा नगर्दा पनि हुन्छ भनेर कसैले सिकाएन!
...
कसैले पढाएको कुरा सत्य नै हो भनेर मस्तिष्क मा कङ्कृट को महल नबनाउन उचित हुन्छ, पढाइएका कुरालाई सत्य असत्य को कसिमा आफैले जाच्ने हो, समाजमा महान राजनेता टोपलिएका, सन्त, साधु वा बाबा बनेका, धर्म को ठेक्का लिएका, वाद र दर्शनका विज्ञ भनिएका महान दार्शनिक ले पनि आफ्नै चस्मा ले मात्र हेरेर भ्रामक कुरा फैलाएका हुन सक्छन् तसर्थ परिणाम वा प्रमाण हेरेर आफै ले राम्रो, नराम्रो छुट्ट्याउने बानी बसालौ! शुभ दिन!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Boz Raj Former Director at ChangeGov Ltd Past: Deloitte and Pokhara Consultancy Ltd Studied Computer science at London South Bank University, London, UK Graduated in 2001 Lives in London, United Kingdom