श्रीलंकाली नागरिकको निर्मम हत्या: घटना इस्लाम निन्दा संग सम्बन्धित रहेको बताइएको छ 

पाकिस्तानका प्रमुख पत्रिकाहरूले पनि सियालकोटमा भएको घटनाको कडा निन्दा गरेका छन् । वास्तवमा शुक्रबार एक श्रीलंकाली नागरिकलाई भीडले कुटपिट गरी हत्या गरेपछि उनलाई सबैको अगाडी जलाइएको थियो ।

Dec 4, 2021 - 07:45
Dec 4, 2021 - 07:48
 0

पाकिस्तानको सियालकोटमा शुक्रबार एक श्रीलंकाली नागरिकको भीडले हत्या गर्यो र उनलाई भीडले त्यहीँ सबैको अगाडी जलाइएको थियो । यस घटनाको अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको आलोचना भइरहेको छ । अन्य देशको कुरा छाड्नुहोस्, आफ्नै देशका जनताले यो घटनालाई निन्दनीय र लज्जास्पद भनेका छन् । पाकिस्तानका राष्ट्रपतिदेखि प्रधानमन्त्री इमरान खानले पनि घटनाको निन्दा गरेका छन् ।


घटना किन भयो कसरी भयो भन्दा पनि मुख्य प्रश्न यस्ता अनेकौं घटनाहरु किन इस्लामिक कट्टरता वादीहरु बाट हुने गर्दछ ? यसको मुख्य दोषी को हुन सक्दछ वा के को कारणले आतंकी सोच भएका व्यक्तिहरूलाई यस्तो निर्मम हत्या गर्ने प्रेरणा दिदछ, त्यो पनि बिना पश्चताप ? 

कुनैपनि बालक  अथवा बालिकाको  जब जन्म हुन्छ  तब  कसैले पनि यस्तो आतंकी सोच  लिएर पक्कै पनि आएका हुँदैनन । पक्कैपनि यो समाजमा दिइने शिक्षामा  विश्व समाजले अवलोकन गर्नै  पर्दछ । मानवको पहिलो धर्म  सेवा हो, तर यसतो अकल्पनीय घटनाहरुले मानव सभ्यतालाई नै शर्मसार गरेको पाइन्छ।

पाकिस्तानमा मारिएका श्रीलंकाली नागरिक (प्रियन्था कुमारा) यहाँको एउटा कारखानामा म्यानेजरका रूपमा काम गरिरहेका थिए । यो मामिला घटना इस्लाम निन्दासँग सम्बन्धित रहेको पनि बताइएको छ । यस प्रकरणमा हालसम्म १०० जनाभन्दा बढी पक्राउ परेका छन् । पाकिस्तानका प्रधानमन्त्रीले यस घटनामा संलग्नलाई कसैलाई पनि नछोड्ने बताएका छन् ।

उनले अनुसन्धान जारी रहेको बताए र यसमा संलग्न सबैलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । अर्कोतर्फ, श्रीलंकाका युवा मन्त्री नमल राजपाक्षेले पाकिस्तानमा अतिवादी भीडद्वारा प्रियंता दियावदनाको क्रूर हत्या बुझ्न नसकिने बताए। यद्यपि, मलाई प्रधानमन्त्री इमरानको वाचामा विश्वास छ जसले जिम्मेवारहरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register