'' अब त मौनतालाई तोड तिमि “

Jan 25, 2022 - 06:18
Jan 25, 2022 - 06:17
 0

"अब त माैनतालाई ताेड तिमी "
 
बैरीहरुले तिम्री आमाकाे 
वक्षस्थलमै हात ल्याई सक्याे त,
तिमीले संसार देखेकाे त्याे पवित्र द्वार भित्र
अतिक्रमण,अत्यचार र शाेषणकाे 
डण्डा र झण्डा घुसाई सक्याे त,
अब त माैनतालाई ताेड तिमी।

हे नेपालीहरु,अब त नपुंसक निंद्रालाई छाेड तिमी।

तिम्री आमाकाे जिब्राेलाई,भाषिक साम्राज्यबादकाे छुरीले
काट्न खाेज्दैछ बैरीले।
तिम्री आमाकाे धपक्क बलेकाे सुन्दर, मानवताकाे प्रतीक बाेकेकाे मुहारमा,
जातिय ,साम्राज्यबादकाे एसिड छर्न खाेज्दैछ बैरीले।
तिम्री आमालाई नांङ्गै पारेर, शहिदहरुकाे लाशमाथि,
बलत्कृत बनाई सक्याे त ।
सहिदहरु डाँको छाेडी रुन थाल्याे स्वर्गमा।
सगरमाथाले आँखा छाेपि सक्याे हिमालयमा।
अब त माैनतालाई ताेड तिमी।
हे नेपाली, अब त आमाकाे लाज पनि ढाक्न नसक्ने,
झण्डाहरुलाई छाेड तिमी।

आमालाई बेचेर बेश्या भित्र्याउने,
अब तिमीले आफ्नाे कुटिमा।
आमाकाे ढाका ,साडि, चाैबन्दी चाेलि बेचेर,
माछा भातकाे भाेज लगाउने आफ्नाे कुटिमा।
शाेषणकाे उग्र अन्धकारमा, शान्तिकाे कृत्रिम 
लालटेन बालि बालि,
कालाे कानूनकाे जंजीरले बाँधि बाँधि,
तिम्री आमालाई पटक पटक बलत्कार गरिसक्याे त।
अब त माैनतालाई ताेड तिमी,
हे नेपाली अब त हाैसिएकाे राजनितीलाई माेड तिमी।

आफ्नै आंगनमा आफ्नै आमाकाे चीरहरणकाे दृश्यलाई
कसरी हेर्न सक्दैछाै?
आमा बेचुवाहरुकाे रालै रालमा परेर
बिलासिता एक बेश्यासंग कसरी तिमी बग्दैछाै?
रगतपच्छे, अर्धनग्न शरीर बाेकेर
तिम्री आमा घरि घरि संसद अघि पुग्दैछ,
बहिराे ,निकम्मा संस्थालाई गुहार लगाउन।
जन्तर मन्तरमा तिम्री आमाकाे चीत्कार गुञ्जीदैछ।
नेपालीहरुका कालाे सडकमा सुख्खा राेटी र अचार हाेईन,
तिम्री आमाकाे नाङ्गाे शरीर कुल्चिईदैछ।
अब त माैनतालाई ताेड तिमी।
हे नेपाली , अब त आफैलाई मातृभूमिसंग जाेड तिमी।
अब त आफुलाई आफ्नै स्वाभिमान ,अस्मितासंग जाेड तिमी।।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow