सामाजिक समस्या र समधान

Jan 25, 2022 - 06:18
Jan 25, 2022 - 06:18
 0

सामाजिक समस्या र समाधान 
केही समय अगाडि भरतपुर महानगरले महानगरलाई तामझाम सहित सहयोगापेक्षी सडक मानव मुक्त माहानगर घोसणा गर्यो। यस घोसणालाई ऐतिहासिक भनिएको छ । यो घोसणा ऐतिहासिक त्यतिबेला बन्छ जव उद्देश्य पूरा हुनेछ । 
सहयोगापेक्षी सडक मानव मुक्त यस महान मानबिय अभियानमा भरतपुर महानगर पहिलो भएको छ । 
मानबसेवा आश्रम चितवनको पहलमा भरतपुर महानगर पालिका ,जिल्ला प्रसासन कार्यालय चितवन , जिल्ला प्रहरी कार्यलय चितवन गरि चार पक्ष बिच यस अभियानमा सम्झौता भएको छ । यो अतिनै महत्त्वपूर्ण र अति नै आवस्यक एक महान अभियानको थालनी भएको छ । आसा गरौं यसको प्रभाब देश भरिनै पर्ने छ । 
सामाजिक रुपमै हाम्रो करुणा र सम्मान बिछिप्त हुँदै गएको अबस्थामा एक संस्था को पहल र प्रयासबाट देशभरिनै यस्तो अभियान चलाउनु सांँच्चिनै मानबिय र सामाजिक रुपान्तरणको अर्को एउटा महत्त्वपूर्ण आयाम बनेको छ । 
खाना, नाना र छानाको अभाबमा कस्टकर जीवन बिताउन बाध्य नागरिकहरु समाजमा यत्रतत्र देखिन्छ्न । विशेष गरि धार्मिक र पर्यटकिय क्षेत्र वरिपरि यस्ता सहयोगापेक्षी मानव मागेर गुजरा टार्ने गरेको पाईन्छ । कोहि गरिबी, कोहि सारिरिक रुपमा अशक्त भएर बाध्यकारी जीवन निर्बाह गर्नेछ्न भने कोहि मानसिक सन्तुलन गुमाएका र कोहि कुलतमा लागेर सडकलाई नै आश्रय स्थल बनाएर जीवन निर्बाह गर्दै आएका छ्न । कुलतमा लाग्ने र मानसिक सन्तुलन गुमाएका हरुको ब्यबस्थापन कठिन र चुनौतीपुर्ण छ नै तर चुनौती हुँदाहुँदै पनि जुन अभियानको प्रयास गरिएको छ त्यसले मानबिय संबेदनसिलता र सभ्य समाज निर्माणमा एक नयाँ युगको सुरुवात गरेको छ । 
बैदेशिक रोजगार र आधुनिकताको नाममा मानबिय संबेदनसिलता कमजोर हुँदै गएको छ । बैदेशिक रोजगारको कारण बाउ आमा बिदेसिदा स- साना छोराछोरी निरीह देखिन्छ्न । जवान छोरा छोरी बिदेशिदा वृद्ध बाउ आमा निरास देखिन्छ्न । समाज यसरी निर्माण हुँदै गर्दा समाज भित्र अन्य मानबिय समस्या हरु कहाली लाग्दो र दर्दनाक रुपमा देखिन थालेका छ्न । 
गरिब र अबिभाबक बिहिन बालबालिका , घरबार बिहिन अशक्त बृद्द र दुर्ब्यसनीमा लागेका युवा यी तीन प्रकारका नागरिकको प्रभाबकारी ब्यबस्थापन अतिनै आवस्यक भएको छ। ईच्छाशक्ती भएमा सरकार र सामाजिक संस्थाको सहकार्यबाट समाजका यस्ता समस्या समधान गर्न सहज हुने देखिन्छ । देश बिदेशमा रहेका धेरै नेपाली नागरिक तथा ब्यबसायिक संघ संस्था तथा सामाजिक संस्था बाट यस प्रकारका समस्याहरुमा विभिन्न रुपमा आर्थिक सहयोग पनि पुर्याउदै आएको हुँदा आर्थिक समस्या पनि हुँदैन जस्तो लाग्छ । 
समाजभित्रका यस्ता समस्याहरुलाई न्यूनीकरण तथा समाधानको लागि के गर्न सकिन्छ त - 
१.बाबा बालग्राम 
बाबुआमाको नभएका , बाबुआमा कुलतमा लागेर बिचल्लिमा परेका बालाबालिकाहरु अहिले समाजमा धेरै देखिन थालेका छ्न । उनिहरुको बाल अधिकार र जीवन यापनको लागि ब्यबस्थापन गर्नु सरकार तथा सामाजिक दायित्व हो । यस्ता बालबालिकाहरु विभिन्न बाल आस्रम बाट संरक्षित हुँदै आएका पनि छ्न तर कतिपय बाल आस्रमहरु भित्रको बेथिती पनि बाहिर सुन्नमा आएको छ । आस्रम भित्रै आर्थिक अपारदर्शीता हुने , बाल सोसण, बाल श्रम र बाल यौन सोसणका घटना पनि हुने गरेको देखिन्छ । यी र यस्ता घटना नहुन भन्नका लागि र सहज ब्यबस्थापन गर्नको लागि सबै बालआस्रमहरुलाई एकीकृत गरि एउटै क्षेत्रमा कुनै एक स्थानलाई बाल ग्रामको रुपमा बिकास गर्न सकिन्छ । सरकारले आवस्यक जग्गा र नीति निर्धारण गरि यी बालआस्रमलाई बालग्रामको अबधाराणाबाट बिकास गर्न सके अभिभावक बिहिन बालबालिकाको अधिकार र हकहितको लागि ब्यबस्थापन गर्न सहज र प्रभाबकारी हुनेछ। 

२.मानबसेवा आश्रम 
अशक्त र घरपरिवार बिहिन मानव जो सडकमा कस्टकर जीवन निर्बाह गर्दै आएका छ्न उनिहरुको ब्यबस्थापनको लागि मानबसेवा आश्रम चितवनले जुन प्रयास र अभियान जारी गरेको छ यो नै प्रभाबकारी हुनेछ । 
सहयोगपेक्षी सडक मानवको उद्दार तथा आश्रयको लागि अन्य कल्याणकारी संस्थाहरुपनी सक्रिय छ्न यि सबैलाई एउटै फ्रेम भित्र समावेश गरि एउटा बृहत् आश्रमको अबधारणा बनाएर एउटा फराकिलो जग्गा उपलब्ध गराएर सरकारले विशेष योगदान पुर्याउनु पर्छ भने नागरिक स्तरबाट सहयोग र सद्भाव आवस्यक हुने नै छ । 

३.नयाँ जीवन केन्द्र 
बालबालिका १२/१३ बर्सको उमेर देखि नै कुलत र दुर्ब्यसनीमा लाग्ने आजको बिकराल समस्या बन्दै गएको छ । गरिब परिवार देखि धनी परिवार सम्मका बालबालिका तथा युवाहरु कुलत र दुर्ब्यसनिको सिकार बन्दै गएका छ्न । धनिहरु लाखौं खर्च गरेर पुनर्स्थापना केन्द्रमा त बस्छ्न तर बाहिर निस्केर उहि गरिब दुर्ब्यसनि युवाको संगतमा आईपुग्छन र पुन उहि लतमा लाग्छ्न। सबै बर्गका कुलतमा लागेका सडक बालबालिका तथा दुर्ब्यसनिमा लागेका युवाहरुको लागि एउटा यस्तो केन्द्र जुन केन्द्र तीन मध्य कुनै एक सुरक्षा निकाय, सरकार र नागरिक स्तरबाट संचालन गरिनुपर्छ । 
यो केन्द्रको लागि अलि फराकिलो जग्गा आवश्यक पर्छ जहाँ खेलकुद , कृषि , साना उद्दोग संचालन गर्न सकियोस । कुलतमा लागेका युवाहरुको श्रमबाट नै यस्तो केन्द्र संचालन गर्न सकिन्छ । केन्द्र भित्रको उत्पादनले नै केन्द्रको खर्च ब्यबस्थापनमा सहयोग पुग्ने गरि केन्द्र संचालन गर्न सकिन्छ । 
यसको लागि सडक बालबालिकाको लागि पब्लिक पुलिसको सहकार्यमा स्थापित संस्था P2C2 लाई पनि विशेष प्रभाबकारी रुपमा अगाडि बढाउन सकिन्छ । 
समाजका यस्ता मानबिय समस्याको समाधान गरि सामाजिक र मानबिय न्यायपुर्ण सभ्य समाजको निर्माणको लागि सरकार , नागरिक , सामाजिक संघ संस्था , व्यावसायिक संघसंस्था सबै निस्वार्थ हातेमालो गरौं ।

 
- जोन कडेल 
लंकू , भरतपुर- ४ चितवन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow