पाँच महिनामा ७३ अर्ब ६६ करोडको वस्तु निर्यात, ६६१ अर्ब ४९ करोडको आयात

झापा, २७ पुस । पछिल्लो पाँच महिनाको अवधिमा नेपालबाट ७३ अर्ब ६६ करोडको वस्तु निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ सो अवधिमा नेपालबाट कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र [...] The post पाँच महिनामा ७३ अर्ब ६६ करोडको वस्तु निर्यात, ६६१ अर्ब ४९ करोडको आयात appeared first on Jhapa Online.

Jan 11, 2025 - 03:04
 0
पाँच महिनामा ७३ अर्ब ६६ करोडको वस्तु निर्यात, ६६१ अर्ब ४९ करोडको आयात

झापा, २७ पुस । पछिल्लो पाँच महिनाको अवधिमा नेपालबाट ७३ अर्ब ६६ करोडको वस्तु निर्यात भएको छ ।

चालू आर्थिक वर्ष २०८१–०८२ सो अवधिमा नेपालबाट कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको नेपालको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको नेपालको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, ऊनको गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको देखाएको छ ।

आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई ६६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो ।

पाँच महिनामा कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले बृद्धि भई ५८७ अर्ब ८३ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.१ प्रतिशतले कमी आएको थियो ।

The post पाँच महिनामा ७३ अर्ब ६६ करोडको वस्तु निर्यात, ६६१ अर्ब ४९ करोडको आयात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register