महाकालीमा पौडेर नेपाल छिरे भारतीय सैनिक

दार्चुला — भारतीय सेना बिनाअनुमति नेपाल प्रवेश गरेको छ । भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका जवान बुधबार महाकालीमा पौडी खेलेर नेपाल आएका हुन् ।

Feb 23, 2022 - 11:49
 0
महाकालीमा पौडेर नेपाल छिरे भारतीय सैनिक

महाकाली नगरपालिका–४ स्थित जिल्ला अस्पतालको ठिक पारिपट्टीबाट महाकालीमा पौडी खेली ढुंगामा रसी (डोरी) बाँध्न रेजिमेन्टका जवान नेपाल प्रवेश गरेका थिए । नदीमा 'रेस्क्यु ट्रेनिङ' गर्न अपराह्न ४ बजेतिर पौडी खेलेर नेपाल–भारत जोड्ने दुई रसी बाँधिरहेका थिए । त्यसै क्रममा नेपालका प्रहरी पुगी सेनाका जवानले नेपालतर्फ बाँधेको रसी फुकाएका छन् । अनुमतिबिना रसी बाँध्न नेपाल आएका सेनाका जवानलाई पौडी खेलेरै प्रहरीहरुले पारि पठाएका थिए ।

महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकोले जुनसुकै क्रियाकलाप गर्दा नेपालको अनुमति लिनुपर्ने भए पनि नेपाली प्रशासनलाई त्यसबारे कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register