पृथ्वीनारायणलाई सम्मान गर पृथ्वीविचारको अनुशरण गर 

 पृथ्वीनारायणले कुशलता र सफलतापूर्वक प्रयोग र विकसित गरेको छापामार युद्ध शैली पछि चीनका बडानेता माओ लगायत अन्य धेरै मुलुका नेताले अनेक नामका मुक्ति आन्दोलन वा युद्धमा सफलतापूर्वक अनुसरण र प्रयोग गरेको दृष्टान्तले पनि पृथ्वीनारायण शाह बडानेता पुष्टि हुन्छन् युध्द कौशल र युध्द रणनीतिका हिसावले पनि । 

Feb 2, 2022 - 15:44
Feb 2, 2022 - 15:45
 0

पृथ्वीनारायणलाई सम्मान गर पृथ्वीविचारको अनुशरण गर 
                          

 नेतृत्व क्षमता, दूरदर्शी, कालजयी विचार, योगदान, काम र परिणामको हिसाबले मूल्यांकन गर्दा नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह नेपालका सबै नेताका पनि नेता प्रमाणित हुन्छन् । त्यस्तै पृथ्वीनारायण शाहले अघि सारेका विचार नेपाली नेताका विचारका माउविचार ठहर्छन् । नेपालका सबै नेता र नेताहरुले अघि सारेका विचार दुवैमा उनी र उनका विचार ज्येष्ठ र श्रेष्ठ ठहर्ने हुनाले उनलाई  र उनका विचारलाई ज्येष्ठ नेताका श्रेष्ठ विचार मान्दा अत्युक्ति हुँदैन । त्यसैले विना हिचकिचाहट, संकीर्णता र पूर्वाग्रहबाट मुक्त भएर राज्यले राष्ट्रिय सहमतिको साथ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सगौरव बडानेता स्वीकादै बडानेताको बडाविचारलाई राष्ट्रिय एकता र समृद्धिको मूल आधार मान्नु पर्दछ । पृथ्वीविचारलाई राष्ट्रिय सहमतिको मूल नीतिविचार बनाउने निर्णयमा सबै नेता र पार्टी पुग्नु पर्दछ । राष्ट्रिय सहमतिको मूल राष्ट्रियविचार पृथ्वीविचारको फराकिलो स्वदेशवादी लोकतान्त्रिक राजमार्गबाट मुलुकलाई अघि बढाउनु पर्दछ । यो बडा नेताको बडा विचारलाई प्रचार गर्न र स्थापित गर्न सबै नेपाली जनताका पङ्क्ति, नेता, लेखक र खास गरी सञ्चार जगत जिम्मेदारी, इमान्दारी र सक्रियतापूर्वक लाग्नु पर्दछ । किनभने यो विशाल नेपालको जगसंगै विशाल संभावना बोकेर उदाएको नेपाली विशेषताको मौलिक नेपाली विचार हो । 
 हाम्रा दुवैतिरका विशाल छिमेकी मुलुक भारत र चीन लगायत सार्कका प्रायः सबै मुलुक मात्र होइन कि विश्वको एक मात्र महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको समेत छातिमा बेलायती याने अंग्रेज उपनिवेशवादीले लेफ्ट–राइट खेलेका बुटका छाप छन् । तर, त्यही अंग्रेज शक्तिको शिरमा पृथ्वीनारायण शाहले नेतृत्व र निर्देशन दिएका बहादुर देशभक्त गोर्खाली (नेपाली) योद्धाले प्रहार गरेको खुकुरीको ऐतिहासिक डोब छ । त्यही वीर नेपालीको खुकुरीले लगाइदिएको ऐतिहासिक डोब नेपालीसँग पराजित र लज्जित निसानीको रुपमा बोकिरहन एकताकाको कहिल्यै घाम नअस्ताउने बृटिश साम्राज्य बाध्य छ । सिन्धुलीका बोट विरुवा ढुंगा माटो सधै पृथ्वीनारायण कालिन नेपाली सौर्यको साक्षी बनेर बकिरहन्छन् सधै । यसले पनि पुष्टि हुन्छ बडो शक्तिलाई पराजित गर्ने पृथ्वीनारायण शाह स्वाभाविक रुपमा बडानेता ठहर्छन् । 
         पृथ्वीनारायणले कुशलता र सफलतापूर्वक प्रयोग र विकसित गरेको छापामार युद्ध शैली पछि चीनका बडानेता माओ लगायत अन्य धेरै मुलुका नेताले अनेक नामका मुक्ति आन्दोलन वा युद्धमा सफलतापूर्वक अनुसरण र प्रयोग गरेको दृष्टान्तले पनि पृथ्वीनारायण शाह बडानेता पुष्टि हुन्छन् युध्द कौशल र युध्द रणनीतिका हिसावले पनि । 
       ‘सबै जातको पूmलवारी’, बहुमत जनताको समर्थन प्राप्त योग्यले शासन चलाउनु, जनता बलियो भए राज्य बलियो हुने मान्यता, जाइकटक नगर्नु, झिकी कटक गर्नु, घूस लिने दिने दुवैको सम्पत्ति जफत गर्नु र ज्यान सजायसम्मको कानुन बनाउनु, राज्यले अन्याय हुन नदिनु, कृषियोग्य जमिन वस्तीलढाक्नु, जडीबुटी, बन, जंगल, सीप, आय आम्दानी आदि उनका सर्वकालिन विचार सबै मुलुक र सबै मानिसका लागि सधैँ उपयोगी छन् । यी विश्वस्तरका विचार हुन् । तसर्थ नेपालका बडानेताका विचार संयुक्त राष्ट्रसंघको बडापत्रमा रहने हैसियतका भएकाले स्वाभाविक रुपमा उनका विचार बडाविचार ठहर्छन् । 
      सानो, कमजोर, कान्छो र गरिब गोर्खा राज्यका राजाले अरु बलिया राज्यलाई मात्रै होइन मिरकासिम र अंग्रेज जस्ता बलिया शक्तिको आक्रमणलाई समेत परास्त गर्दै बलियो एकीकृत नेपाल निर्माण गर्नु र टिकाउनु आपैmँमा बडो काम थियो । अझ गोर्खाले जितेर त्यो जितलाई विशाल नेपालमा समर्पण र विलय आपैmँमा विशाल मनका विशाल नेताको दृष्टान्त हो । त्यसैले सगौरव घोषणा गरौँ पृथ्वीनारायण बडानेता हुन्, पृथ्वीविचार बडोविचार हो ।
तसर्थ विचार, योगदान र कामका बडा नेता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको लागि, नेपालको र नेपालीका गौरबको लागि राष्ट्रिय एकता र स्वतन्त्रताको सुदृढीकरणको लागि नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्ने निर्णय गर्नु र लागू गर्नुपर्दछ । नोटमा बडा नेताको महान उक्ति ‘नेपाल सबै नेपालीको साझा पूmलवारी हो’ लेखिनुपर्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई उपेक्षा गर्ने जो कोही पनि सच्चा देशभक्त नेपाली ठहर्दैन् ।
 बडानेता पृथ्वीनारायण शाह नेपाल राष्ट्रनिर्माता मात्र होइनन् लोकतन्त्रको आधार निर्माता पनि हुन् । उनले आपूmले चाहेका विराज वखतीलाई काजी बनाएनन् । बहुमत जनताले चाहेका कालु पाण्डेलाई काजी बनाएर राजा वा नेताको होइन, जनताको लोकतन्त्र तेसैबैला सुरु गरिसकेका थिए । र प्रधानमन्त्री हुने योग्यताका आधार पनि दिएका थिए । बहुमतको समर्थन प्राप्त वौद्धिक र छिमेकीलाई प्रभाव पार्न सक्ने कुटनीति क्षमता भएको समेत व्यक्ति । नेपाली लोकतन्त्र नायकलाई किन बडानेता नभन्ने ?
    गहिरिएर खोजेको खण्डमा भारतीय स्वतन्त्रता संग्राममा महात्मा गान्धीले चलाएको चर्खा आन्दोलन पृथ्वीविचारको स्वदेशवादी विचारले निर्देशित छ । त्यस्तै चीनमा माओको राष्ट्रिय पूँजीपतिको संरक्षण गरौं भन्ने विचार पनि पृथ्वीनारायणको स्वदेशवादी आर्थिक नीतिले निर्देशित छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य संगठनले बडानेता पृथ्वीनारायण शाहको कृषियोग्य जमिन वस्तीले नढाकलाई कडा रुपमा विश्वव्यापी अभियान नचलाएमा केही दशकमा नै विश्वमा अनिकालको महामारी हुनेछ । यति दूरदर्शी नेतालाई बडानेता घोषणा गर्न केको आपत्ति ? 
ससारभरि रंगभेद विरोधी होस् या जातीय समानताका आन्दोलन अथवा लैङ्गिक समानताका आन्दोलन वा वर्गीय मुक्तिका आन्दोलन ति सबै आन्दोलनको वैचारिक नेता पृथ्वीविचार हुन्छ । त्यहाँ सबै जातको पूmलवारी छाएको हुन्छ । ‘अन्याय हुन नदिनू’ उदाएको हुन्छ । के नेल्सन मण्डेलाहरु, माक्र्स, माओहरु, लिङ्कनहरु सबै “सबैको पूmलवारीको लागि लडेका होइनन र ?” संसार भरका सबै भ्रष्टाचार विरोधी आवाज र आन्दोलन “घूस दिन्या र लिन्या दुबैको धन जीव लियाको पनि पाप छैन, यी राज्यका शत्रु हुन्” भन्ने भ्रष्ट र भ्रष्टाचार विरोधी पृथ्वीविचारको झण्डा बोकेर कुदेका होइनन् र ? 
आक्रमण गर्न नपाइने, आक्रमणकारीलाई धपाउन पाइने पृथ्वीविचारको अनाक्रमक परराष्ट्र नीति सर्वस्वीकार्य विश्व नीति होइन र ? पृथ्वीविचारलाई जान्न र छान्न जान्नु पर्छ । सबै समस्याको समाधान त्यहीँ फेला पर्दछ । जनता बलियो भए राज्य, केन्द्र आपैmँ बलियो हुन्छ भन्ने पृथ्वीविचार साँच्चै बडानेताको बडोविचार होइन र ? आफ्ना नेपाली नेताको विचारको झण्डा उठाएर नेपाललाई विचारको नेता बनाउनु पर्दछ । नेपाललाई विचारको नेता बनाउन पृथ्वीनारायण शाहलाई बडानेता घोषणा गर्नु पर्दछ । बडानेताको बडाविचार, राष्ट्रिय एकता र समृद्धिको आधार मानेर साझा राष्ट्रिय बडापत्र निकाल्नु पर्दछ । राष्ट्रिय वडापत्र साझा राष्ट्रिय घोषणापत्र हुनेछ । राष्ट्रिय चिन्तनधारको पृथ्वीविचार राष्ट्रिय एकता, समानता र समृद्धिको आधार हुनेछ । बडानेता घोषणा गर, बलियो नेपालको आधार तयार गर । 
भ्रम नहोस पृथ्वीनारायण शाह पुष २७ को न औपचारिकताको पात्र हो न उपेक्षाको नै । बरु यो त राष्ट्रिय स्वधिनता,एकता र समृध्दिको लागि सधै आजको ताजा विचार हो । विचारको शक्ति हो नेपालको शक्ति हो । नेपालको शक्ति भएर नै त दक्षिण एसियामा त्यसताकाको विश्व शक्ति अंग्रज शक्तिलाई पराजित गर्ने नेपाल मात्र भएको छ । पृथ्वीनाारायणले नेतृत्व गरेको नेपाल मात्र भएको छ । 
थितिबाट मुलुक चलाउन चाहने पृथ्वीनारायणको तेसबोलाको विचार अहिलेको मुलुकमा संविधान बनाएर कानुनी राज्यको प्रत्याभूति दिने विचार हो । आज यसलाई ठिक ढंगले बुभ्mन नसक्ने वा बुझ पचाउनेहरु नियतवस अराजकतालाई बढावा दिइरहेका छन भने अर्कोतिर उनको सबैजातको फुलबारीलाई सबैजातको गमलाबारी बनाएर चकानाचुर बनाउने षडयन्त्र गर्दैछन । यी नेपाललाई हराउने तत्वहरु हुन । यस्ता तत्वहरुको षडयन्त्रलाई हराएर केवल नेपाललाई जिताउन बडानेता एवं राष्ट्रनिर्माताका बडाविचारको वरिपरी सबै नेपाली जनता गोलबन्द बनौ ।  नेपाल जोगाउने र जगाउने राष्ट्रिय चिन्तनधारको पृथ्वीविचार राष्ट्रिय सहमतिको मूल आधार बन्दै सुखी समृध्द नेपालको प्रत्याभूत गर्ने एकमात्र साझा राष्ट्रिय विचार हनसक्छ भन्ने सबैमा चेतना भया ।

          खगेन्द्रराज सिटौला 
कृपया मेरो अन्य लेखहरू यहाँ पढ्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Khagendra Raj Sitoula I am a Nepali citizen involved in Prithivi Bichar Campaign since 2057 B.S. I am also a writer and Ex- president of District Development Committee, Terhathum. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register