हाम्रो

Feb 13, 2022 - 12:59
Feb 13, 2022 - 12:59
 0
हाम्रो
प्रजातन्त्रका लागि हामी थियौं
तर त्यो प्रजातन्त्र हाम्रो थिएन
भनिएको जनयुद्धमा मर्ने हामी थियौं
तर त्यो युद्ध हाम्रो थिएन।
दोस्रो जन-आन्दोलन भन्यौ हामी नै मर्यौं
यो आन्दोलन पनि हाम्रो थिएन।
सही गर्ने त हामी नै थियौ
तर बाह्रबुँदे पनि हाम्रो थिएन।
नाम फेरिदिए लोकतन्त्र भन्नलाए
रमायौं,तर त्यो पनि हाम्रो थिएन ।
संविधान हाम्रो भन्छौं
होइन
परिवर्तन हाम्रो भन्छौं
होइन
अदालत हाम्रो भन्छौं
होइन
सरकार हाम्रो भन्छौ
होइन
नेता हाम्रो होइन
दल हाम्रो होइन
न फैसला हाम्रो हो
न विभाजन हाम्रो हो
न योग हाम्रो हो
न महाअभियोग हाम्रो हो।
देश हाम्रै हो भन्दै छौं
यो पनि होइन हुनसक्छ
अनुदान चिहान हुनसक्छ
भ्रम बिहान हुनसक्छ
हाम्रो लागि हामी भएर
उठ्यौं भने मात्र
सबै हाम्रो हुनसक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Khagendra Raj Sitoula I am a Nepali citizen involved in Prithivi Bichar Campaign since 2057 B.S. I am also a writer and Ex- president of District Development Committee, Terhathum. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register