प्रधानमन्त्रीसँग काठमाडौं–तराईमधेस दू्रतमार्ग शुरू बिन्दुको समस्याबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको शुरू बिन्दुु विवाद र समाधनका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डंगोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगर कमिटीका […]

Jun 10, 2025 - 02:54
 0
प्रधानमन्त्रीसँग काठमाडौं–तराईमधेस दू्रतमार्ग शुरू बिन्दुको समस्याबारे छलफल

काठमाडौं ।


प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको शुरू बिन्दुु विवाद र समाधनका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डंगोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगर कमिटीका सचिव ज्ञानभक्त डंगोलसहितको टोलीले भेटेर समस्या र समाधानको विकल्पबारे छलफल भएको हो । सरोकार समितिले खोकनामा शुरू बिन्दुु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुुग्नुुपूर्व आफूू एकपटक स्थलगत अवलोकनमा आउने जानकारी गराउनुुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गर्नुभएको थियो ।

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको २ खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं २०७४ मा शुरू भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register