दुबईमा एनएल इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न

दुबई, युएई । ‘एनएल इन्टरनेशनल अवार्ड २०२४’ विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदानहरूलाई सम्मान गर्दै हिल्टन अल सीफको विलासी क्यानोपीमा भव्य समारोह सम्पन्न भएको छ । न्युजलाइन्स मिडियाले आयोजनामा भएको कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेष गरी यसको समृद्ध पाक सम्पदाको प्रवर्द्धन जस्ता क्षेत्रमा विशेष काम गरेकोमा व्यक्ति तथा संस्थालाई सम्मान गरेको […]

Oct 2, 2024 - 08:29
 0
दुबईमा एनएल इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न

दुबई, युएई । ‘एनएल इन्टरनेशनल अवार्ड २०२४’ विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदानहरूलाई सम्मान गर्दै हिल्टन अल सीफको विलासी क्यानोपीमा भव्य समारोह सम्पन्न भएको छ ।

न्युजलाइन्स मिडियाले आयोजनामा भएको कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेष गरी यसको समृद्ध पाक सम्पदाको प्रवर्द्धन जस्ता क्षेत्रमा विशेष काम गरेकोमा व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो ।

भव्य समारोहमाझ विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्दै आएका व्यक्तित्वहरूलाई कदर गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन, सेवा उद्योग, सामाजिक क्षेत्र र अद्वितीय खानालगायत नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पारेका व्यक्ति र संस्थाहरूलाई एनएल इन्टरनेशनल अवार्ड २०२४ बाट सम्मान गरिएको थियो ।

सम्मान समर्पण गर्ने क्रममा दीर्घकालीन सेवा र समर्पण झल्काउने विधामा पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

जसमा लक्ष्मीनारायण सिंह सुवाल एन एल अन्तर्राष्ट्रिय लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ र प्रकाश कुमार कुइँकेल एन एल इन्टरनेशनल लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ बाट सम्मानित भए ।

त्यसैसरि लिटिरेचर एक्सिलेन्स इन्टरनेशनल अवार्डबाट विक्रम भक्त जोशी, ईन्टर कम्युनिकेशन अवार्डबाट सामाजिक बौद्ध कार्यकर्ता र सामाजिक र व्यवहार परिवर्तन कम्युनिकेटर धर्मराज बज्राचार्य, बेस्ट बिल्डर्स अवार्डबाट न्यु डाइगन निर्माण सेवा प्रालिका म्यानेजिङ डाईरेक्टर अर्जुन कुमार चौलागाईँ सम्मानित भए ।
आउटस्टाण्डिङ्ग ईन्टरप्रेनर अवार्डबाट बिजी कन्स्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर विनोद गौतम, वेस्ट सेफ बेकर अफ मिडल ईष्टअवार्डबाट एक्जुकेटिभ पेस्ट्री तथा बेकरी सेफ हुमन लिम्बु, ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट पार्क रेजिस क्रिस किन होटल दुबईमा कार्यरत एक्जुकेटिभ सेफ गोविन्द राई सम्मानित भए ।

ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट सेन्टरा मिरेज विच रिसोर्ट दुबईमा कार्यरत रेस्टुरेन्ट तथा बार मेनेजर सुदर्शन पराजुली, वेस्ट एग्रो ईन्टरप्रेनियर अवार्डबाट नमुन्चेत कृषि फार्म (ककनी स्ट्रबेरी)का अध्यक्ष अष्ट लाल तामाङ (छेसाङ), ईन्टरनेशनल सोसियल अवार्डबाट निस्ट मल्टिपल इन्स्टीच्यूटका निर्देशक आङछिरिंग शेर्पा सम्मानित भए ।

पावर अफ एजुकेसन अवार्डबाट निर्मल बज्राचार्य,जर्नालिजम अवार्डबाट पत्रकार श्याम श्रेष्ठ र रुपेश पाण्डे, सोसयिल अवार्डबाट रमादेवी सुवाल, बिन्जु जोशी, सुनिता श्रेष्ठ, सुष्मा शर्मा सम्मानित भए । सो अवसरमा कार्यक्रममा पूर्व प्रतिवद्धताका बावजुद उपस्थित हुन नसकेका केही महानुभावहरूमा समर्पित अवार्ड उपस्थित प्रतिनिधिहरूलाई प्रदान गरिएको थियो ।

जसमा क्यानडाको आमा क्विजोन रेस्टुरेन्टका सञ्चालक ज्ञानेन्द्र बन्जारा शर्मा, वरिष्ठ लेखक तथा समीक्षक ममता मृदुल,अस्ट्रेलियाका कार्यकारी एक्जुकेटिभ सेफ भावी खनाल,विश्व प्रसिद्ध एक्जुकेटिभ पेस्ट्री शेफ सरोज थापालाई ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट सम्मान समर्पण छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएन गैरआवासीय नेपाली वरिष्ठ अभियन्ता तथा प्यासिफिक कुलिनरीका अध्यक्ष गणेश केसीको उपस्थिति रहेको थियो । उनीसँगै एनआरएन दुबईका अध्यक्ष विकास शाही पनि विशेष अतिथिका रुपमा सहभागी भएका थिए ।

केसी र शाहीले नेपालका परम्परागत चाडपर्वहरू विशेष गरी प्रवासी नेपालीहरूका लागि संरक्षण गर्नुपर्ने महत्त्वमा जोड दिए ।

उक्त अवसरमा न्यूजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले एनएल इन्टरनेशनल अवार्ड २०२४ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गर्ने बताए ।

अवार्ड समारोहको साथसाथै साँझमा नेपाली संस्कृतिको महत्त्वपूर्ण पर्व विजयादशमीको शुभकामना आदानप्रदान पनि गरिएको थियो । कार्यक्रममा नेपाली सांस्कृतिक रीतिरिवाज र चाडपर्वहरूको संरक्षण, एकता प्रवर्द्धन र सहभागीहरुबीच सांस्कृतिक आदानप्रदान गर्ने विषयमा अन्तरक्रियात्मक सत्रको आयोजना गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register