भारतको हरियाणामा बिजेपीको अग्रता, जम्मु कश्मिरमा कांग्रेस गठबन्धन अगाडी

काठमाडौँ ।  भारतको हरियाणा राज्यको विधान सभामा भारतीय जनता पार्टीले अग्रता लिएको छ । ९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार बिजेपीले ५१ सिटमा अग्रता लिएको छ।  त्यस्तै भारतीय नेशनल कांग्रेसले ३४ सिटमा अग्रता लिएको छ भने अन्य ५ सिटमा अगाडी रहेका छन् । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको […]

Oct 8, 2024 - 09:36
 0
भारतको हरियाणामा बिजेपीको अग्रता, जम्मु कश्मिरमा कांग्रेस गठबन्धन अगाडी

काठमाडौँ ।

 भारतको हरियाणा राज्यको विधान सभामा भारतीय जनता पार्टीले अग्रता लिएको छ ।

९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार बिजेपीले ५१ सिटमा अग्रता लिएको छ।  त्यस्तै भारतीय नेशनल कांग्रेसले ३४ सिटमा अग्रता लिएको छ भने अन्य ५ सिटमा अगाडी रहेका छन् ।

अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ ।

यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए ।

त्यस्तै जम्मु कश्मिरमा कांग्रेस नेतृत्वको गठबन्धनले ४८ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी २९ सिटमा अगाडी रहेको छ । त्यस्तै पिडिपी ३ र अन्य १० सिटमा अगाडी रहेका छन् ।

९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरमा १० बर्षपछि विधान सभा निर्वाचन भएको हो ।    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register