दक्षिणी लेबनानका ३५ क्षेत्र खाली  गर्न इजरायली सेनाको आग्रह

काठमाडौँ ।  इजरायलले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका मानिसहरूलाई तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ । इजरायली सेनाका प्रवक्ताले मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका हुन् । इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा हिजबुल्लाहको स्थापना र हतियार नजिक भएका सबैको जीवनलाई खतरामा पारेको […]

Oct 4, 2024 - 11:12
 0
दक्षिणी लेबनानका ३५ क्षेत्र खाली  गर्न इजरायली सेनाको आग्रह

काठमाडौँ । 

इजरायलले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका मानिसहरूलाई तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ ।

इजरायली सेनाका प्रवक्ताले मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका हुन् ।

इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा हिजबुल्लाहको स्थापना र हतियार नजिक भएका सबैको जीवनलाई खतरामा पारेको छ ।  दक्षिणतर्फको कुनै पनि गतिविधिले सबैको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन् ।

यसअघि लेबनानको सरकारी समाचार एजेन्सीले इरानका विदेशमन्त्री बेरुत पुग्ने बताएको थियो । लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई लिएर इरानी विमान रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register