बेलायत काम गर्न आउने आप्रवासी कुन मुलुकबाट बढी ?

लन्डन- बेलायतमा कामका सिलसिलामा विभिन्न मुलुकबाट आउने आप्रवासीहरुको संख्या गत वर्ष उल्लेख्य वृद्धि भएको छ । अफिस फर नेश्नल स्टाटिस्टिक्स (ओएनएस) का अनुसार सन् २०२३ को मध्यसम्मको एक वर्षमा बेलायतमा कामको लागि विभिन्न मुलुकबाट ४ लाख २३ हजार आप्रवासी भित्रिएका छन् । यो संख्या ठीक एक वर्ष अघिको सोही अवधिको तुलनामा एक तिहाइले बढी हो […]

Oct 15, 2024 - 17:12
 0
बेलायत काम गर्न आउने आप्रवासी कुन मुलुकबाट बढी ?

फोटो स्काई न्यूज

लन्डन- बेलायतमा कामका सिलसिलामा विभिन्न मुलुकबाट आउने आप्रवासीहरुको संख्या गत वर्ष उल्लेख्य वृद्धि भएको छ ।

अफिस फर नेश्नल स्टाटिस्टिक्स (ओएनएस) का अनुसार सन् २०२३ को मध्यसम्मको एक वर्षमा बेलायतमा कामको लागि विभिन्न मुलुकबाट ४ लाख २३ हजार आप्रवासी भित्रिएका छन् । यो संख्या ठीक एक वर्ष अघिको सोही अवधिको तुलनामा एक तिहाइले बढी हो ।

सन् २०२२ मध्यसम्मको एक वर्षमा कामका लागि बेलायत भित्रिने विदेशीको संख्या २ लाख ७७ हजार मात्र थियो ।

पछिल्लो वर्ष काम गर्ने प्रयोजनमा बेलायत भित्रिनेहरुमध्ये अधिकांश यहाँ उच्च मात्रामा जनशक्ति माग रहेको हेल्थ एण्ड सोसल केयरका लागि आएका हुन् । उनीहरुमध्ये झण्डै आधा संख्या त भारत र नाइजेरियाबाट बेलायत आउनेहरुको मात्र छ।

त्यसअघि गत वर्षसम्ममा बेलायतको जनसंख्या पनि झण्डै २० लाखले बढेर ६ करोड ८३ लाख पुगेको तथ्यांक बाहिरिएको थियो । पछिल्लो एक वर्षमा बेलायतमा जन्मभन्दा मृत्युको संख्या १६ हजार भन्दा बढी रहेपनि उच्च इमिग्रेसनकै प्रमुख कारण जनसंख्या बढेको जनाइएको थियो ।

एक वर्षको अवधिमा बेलायत भित्रिएका आप्रवासीहरुमध्ये ८५ प्रतिशत गैरयुरोपेली मुलुकका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २ लाख ५० हजार आप्रवासी आएका छन् भने नाइजेरियाबाट १ लाख ४१ हजार, चीनबाट ९० हजार, पाकिस्तानबाट ८३ हजार र जिम्बावेबाट ३६ हजार आप्रवासी बेलायत आएका छन् ।

होम अफिसका अनुसार सन् २०२३ मा जम्मा ३६ हजार ७ सय ४ विदेशी गैरकानूनी मार्गबाट बेलायत प्रवेश गरेका छन् । उनीहरुमध्ये ८० प्रतिशत साना डुंगामा जोखिमपूर्ण यात्रा गरेर बेलायतसम्म आइपुगेका हुन् ।

बेलायत सरकारले वर्क भिसामा आउने रुटमा गरेको कडाइ यही वर्षदेखि कार्यान्वयनमा आएपछि अब भने यहाँ आउने आप्रवासीको संख्या घट्दै जाने आंकलन छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register