थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक

काठमाडौँ । चर्चित फुटबल प्रशिक्षक थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् । इङल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको जानकारी दिएको छ । उनले जनवरी १, २०२५ देखि आफ्नो कार्यभार सम्हाल्ने एफएले जनाएको छ । टुचेलसँग २०२६ को विश्वकपसम्मका लागि सम्झौता भएको छ । ५१ बर्षिय टुचेल यसअघि बायर्न म्युनिख, चेल्सी, पिएसजी, डोर्टमण्ड […]

Oct 16, 2024 - 12:34
 0
थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक

काठमाडौँ ।

चर्चित फुटबल प्रशिक्षक थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् । इङल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको जानकारी दिएको छ ।

उनले जनवरी १, २०२५ देखि आफ्नो कार्यभार सम्हाल्ने एफएले जनाएको छ । टुचेलसँग २०२६ को विश्वकपसम्मका लागि सम्झौता भएको छ ।

५१ बर्षिय टुचेल यसअघि बायर्न म्युनिख, चेल्सी, पिएसजी, डोर्टमण्ड जस्ता क्लबको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा चेल्सीले २०२०-२१ को च्याम्पियन्स लिग जितेको थियो । यस अघि टुचेल म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न सक्ने बताइएको थियो ।

टुचेल इङल्याण्डको प्रशिक्षक बन्ने पहिलो जर्मनी प्रशिक्षक हुन् । साथै उनी स्भेन गोरान इरिक्सन र फाबिओ कापेलोपछि तेस्रो विदेशी प्रशिक्षक पनि बनेका छन् । टुचेलसँगै इङल्याण्डले सहायक प्रशिक्षकमा इङल्याण्डका एन्थोनी बेरीसँग पनि सम्झौता गरेको फेडेरेसनले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register