महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो

काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३.१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौँले २५.२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५.१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५.२१ र चौथो सेट २५.१६ […]

Oct 2, 2024 - 16:27
 0
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो

काठमाडौं ।

जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३.१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट काठमाडौँले २५.२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५.१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५.२१ र चौथो सेट २५.१६ ले जितेको थियो ।

योसँगै काठमाडौँले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौँको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register