गर्भावस्थामा कति तौल बढ्नु सामान्य हो ?

काठमाडौं । कुनैपनि महिलाको लागि गर्भावस्था धेरै नै नाजुक र महत्त्वपूर्ण समय हो । गर्भावस्थाको समयमा हरेक महिलाको मनमा धेरै प्रकारका प्रश्न हुन्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तनहरू आउँछ । यी परिवर्तनहरूमा गर्भवतीको बढ्दो तौल पनि हुन्छ । गर्भवतीको तौल बढ्नु सामान्य कुरा हो तर, एउटा प्रश्न जुन हरेक महिलाको मनमा रहन्छ कि कति […]

Oct 3, 2024 - 13:37
 0
गर्भावस्थामा कति तौल बढ्नु सामान्य हो ?

काठमाडौं । कुनैपनि महिलाको लागि गर्भावस्था धेरै नै नाजुक र महत्त्वपूर्ण समय हो । गर्भावस्थाको समयमा हरेक महिलाको मनमा धेरै प्रकारका प्रश्न हुन्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तनहरू आउँछ । यी परिवर्तनहरूमा गर्भवतीको बढ्दो तौल पनि हुन्छ ।

गर्भवतीको तौल बढ्नु सामान्य कुरा हो तर, एउटा प्रश्न जुन हरेक महिलाको मनमा रहन्छ कि कति तौल बढ्नु सही हुन्छ ? के गर्भावस्थामा धेरै तौल बढ्नाले प्रसवको समयमा समस्या हुन सक्छ ?

त्यसैले सबैभन्दा पहिले तपाईंलाई यो थाहा हुनु आवश्यक छ कि एक गर्भवती महिलाको लागि तौल बढ्नु कति सामान्य हो ? के तौल बढ्नाले प्रसवको समयमा समस्या हुन सक्छ ?

किन बढ्छ तौल ?

गर्भावस्थामा महिलाको तौल बढ्ने एक कारण भनेको आमाको शरीरमा बच्चाको तौल पनि समावेश हुनु हो । यदि जुम्ल्याहा बच्चा छन् भने १५ देखि २० किलोसम्म तौल बढ्न सामान्य हो । यसका साथै गर्भवती महिलाको स्तनको आकारमा वृद्धि, नालको आकारमा वृद्धि, गर्भाशयको आकारमा वृद्धि र शरीरमा अतिरिक्त रगत र तरल पदार्थ बन्ने कारणले पनि तौल बढ्न सक्छ ।

गर्भावस्थाको पहिलो तीन महिनामा महिलाको सामान्य तौल हुन्छ, तर पछि हरेक हप्ता लगभग ७५० ग्रामदेखि १ किलोसम्म तौल बढ्न सक्छ ।

एक गर्भवती महिलामा सामान्यतया तौल १२ देखि १६ किलोसम्म बढ्न सक्छ । जुन महिलाको तौल पहिला नै धेरै हुन्छ, तिनीहरूको गर्भावस्थामा लगभग १६ किलोसम्म तौल बढ्न सक्छ । स्वस्थ महिलाहरूको तौल लगभग १२ किलोसम्म बढ्न सक्छ ।

गर्भावस्थामा धेरै तौल बढ्नुको जोखिम

गर्भवतीको यदि सामान्यभन्दा धेरै तौल बढ्न थाल्छ भने आमा र शिशुका लागि केही जटिलताहरू उत्पन्न हुन सक्छन् । धेरै तौल बढ्नाले गर्भवतीलाई सी–सेक्सन, गर्भावस्थाको दौरान मधुमेह, उच्च रक्तचापको समस्या र म्याक्रोसोमियाको समस्या हुन सक्छ । यसका साथै धेरै तौल भएका आमाहरूका बच्चाहरूको भविष्यमा मोटोपन र अन्य स्वास्थ्य समस्याहरू हुने सम्भावना हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register