कुमारी बैंकले सम्पन्न गर्यो बिराटनगरमा उद्यमी प्रशिक्षण

काठमडौँ । कुमारी बैंकले बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको हो । बैंकले युसएडसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रर्वद्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । त्यस्तै, वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा […]

Oct 4, 2024 - 08:29
 0
कुमारी बैंकले सम्पन्न गर्यो बिराटनगरमा उद्यमी प्रशिक्षण

काठमडौँ । कुमारी बैंकले बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको हो ।

बैंकले युसएडसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रर्वद्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।

त्यस्तै, वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा उद्यमशिलता प्रर्वद्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलताला सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register