भाटभटेनीले जनता गिज्यायो, १ बोरा चामल किन्दा २ रुपैयाँ छुटलाई ‘बडा दशैँ, बडा अफर’ भन्दै प्रचारबाजी 

काठमाडौँ । एक बोरा चामलमा २ रुपैयाँ छुटको स्किम ल्याएपछि भाटभटेनी सुपरमार्केटको चौतर्फी आलोचना भएको छ ।  भाटभटेनीले दशैँलाई लक्षित गर्दै ‘दशैँ अफर’मा एक बोरा चामल किन्दा २ रुपैयाँ छुटको स्किम सार्वजनिक गरेसँगै त्यसको चौतर्फी आलोचना भएको हो ।  अझ भाटभटेनीले उक्त एक बोरा चामलमा २ रुपैयाँ छुटको स्किमलाई ‘बडा दशैँ, बडा अफर’ भन्दै व्यापक […]

Oct 4, 2024 - 10:17
 0
भाटभटेनीले जनता गिज्यायो, १ बोरा चामल किन्दा २ रुपैयाँ छुटलाई ‘बडा दशैँ, बडा अफर’ भन्दै प्रचारबाजी 

काठमाडौँ । एक बोरा चामलमा २ रुपैयाँ छुटको स्किम ल्याएपछि भाटभटेनी सुपरमार्केटको चौतर्फी आलोचना भएको छ । 

भाटभटेनीले दशैँलाई लक्षित गर्दै ‘दशैँ अफर’मा एक बोरा चामल किन्दा २ रुपैयाँ छुटको स्किम सार्वजनिक गरेसँगै त्यसको चौतर्फी आलोचना भएको हो । 

अझ भाटभटेनीले उक्त एक बोरा चामलमा २ रुपैयाँ छुटको स्किमलाई ‘बडा दशैँ, बडा अफर’ भन्दै व्यापक प्रचारबाजी गरिरहेको छ । भाटभटेनीको उक्त स्किम र चर्को प्रचारबाजीले जनता गिज्याउने काम गरेको भन्दै भाटभटेनीको आलोचना भइरहेको छ । 

भाटभटेनीले ३ हजार १ सय ५१ रुपैयाँ पर्ने आरती प्रिमियम चामलको एक बोरा (२० किलो) लाई दशैँ अफरमा २ रुपैयाँ छुटसहित ३ हजार १ सय ४९ रुपैयाँमा बेचिरहेको छ । तर, २ रुपैयाँ छुटको स्किमलाई बडा अफर भनेर प्रचारबाजी गरेपछि भाटभटेनीको चौतर्फी आलोचना भएको हो । हाल भाटभटेनीको उक्त अफर सामाजिक सञ्जालमा ‘ट्रोल’ बनेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register