विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय हरक सिंह धामी र ३३ वर्षीय हरि रम्तेल रहेका छन् । उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर दुबई लगायतका देश पठाउने भन्दै दुई जनाबाट दुई लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए । उनीहरुविरुद्ध […]

Oct 4, 2024 - 11:57
 0
विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय हरक सिंह धामी र ३३ वर्षीय हरि रम्तेल रहेका छन् ।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर दुबई लगायतका देश पठाउने भन्दै दुई जनाबाट दुई लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए । उनीहरुविरुद्ध विदेश पठाउने भन्दै लामो समय झुक्यानमा परेर रकम लिएपश्चात फरार भएको जाहेरी परेको थियो ।

पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले नयाँबजार र टेकुबाट पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register