जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना

नवलपरासी । नेपाल प्रहरीले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको छ । दशैंंको मुखैमा नयाँ जिल्ला आईपुगेका जिल्ला प्रहरी प्रमुख यादव ढकालले स्थानीय पत्रकारहरूसँग आउँदा आउँदै चार्डपर्व लक्षित सुरक्षा व्यवस्था र समसामयिक बिषय सहित भेट तथा अन्तरक्रिया गरे । अन्तरक्रियामा प्रहरी उपरीक्षक ढकालले चाडपर्वका बेला सवारी तथा यात्रुको सुरक्षा,चोरी डकैती,जुवा तास,आतसबाजी तथा अबैध […]

Oct 4, 2024 - 17:31
 0
जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना

नवलपरासी ।


नेपाल प्रहरीले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको छ । दशैंंको मुखैमा नयाँ जिल्ला आईपुगेका जिल्ला प्रहरी प्रमुख यादव ढकालले स्थानीय पत्रकारहरूसँग आउँदा आउँदै चार्डपर्व लक्षित सुरक्षा व्यवस्था र समसामयिक बिषय सहित भेट तथा अन्तरक्रिया गरे ।


अन्तरक्रियामा प्रहरी उपरीक्षक ढकालले चाडपर्वका बेला सवारी तथा यात्रुको सुरक्षा,चोरी डकैती,जुवा तास,आतसबाजी तथा अबैध सामान ओसारपसार नियन्त्रणमा प्रहरी अतिरिक्त योजनासाथ अघि बढ्ने बताए ।


जस अन्तरगत चार्डबाडका बेला सडक यात्रुको सुरक्षा र सहयोगका यात्रु सहायताकक्ष,यात्रु र चालकहरूको थकान मेटाउन रिफ्रेस सेन्टर, मोवाईल गस्ती, चर्कोभाडा, यात्रु माथि हुने ज्यादती नियन्त्रणका लागि बसमा सादा पोशाक प्रहरी गस्ती गरिने भएको छ ।

त्यसै गरि समाजमा सामाजिक सुरक्षा बनाई राख्न राजमार्ग पेट्रोलिङ,साईकल तथा पैदल गस्ती,घुम्ति चेकिङ,मठमन्दिर सुरक्षा युनिट बनाई प्रहरीले घटस्थापनाका दिन देखिनै आउदो छठ पर्वसम्मलाई लक्षित गरि चाडपर्व बिशेश सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register