मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।  शुक्रबार आयोजित एक कार्यक्रमकाबीच मातृभूमि लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता सँगै अब कार्तिक १ गतेदेखि […]

Oct 6, 2024 - 06:49
 0
मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच मातृभूमि लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता सँगै अब कार्तिक १ गतेदेखि धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल, नागपोखरी, नक्साल, काठमाडौँ मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register