विधानसभा चुनाव : हरियाणामा भाजपा बहुमततर्फ, जम्मू कश्मीरमा विपक्षी दलको सरकार बन्ने पक्का

काठमाडौं । भारतको हरियाणा र जम्मू कश्मीर राज्यको विधानसभा चुनावको मत परिणाम सार्वजनिक भइरहेको छ । भारत निर्वाचन आयोगकाअनुसार जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स (एनसी) र कांग्रेस गठबन्धनको सरकार बन्ने भएको छ । ९० सिटमध्ये एनसीले ४१ स्थानमा जितेको छ भने कांग्रेसले ६ सिट जितेको छ । भारतीय जनता पार्टीले २९ सिट जितेको छ । ७ सिटमा […]

Oct 8, 2024 - 11:57
 0
विधानसभा चुनाव : हरियाणामा भाजपा बहुमततर्फ, जम्मू कश्मीरमा विपक्षी दलको सरकार बन्ने पक्का

काठमाडौं । भारतको हरियाणा र जम्मू कश्मीर राज्यको विधानसभा चुनावको मत परिणाम सार्वजनिक भइरहेको छ ।

भारत निर्वाचन आयोगकाअनुसार जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स (एनसी) र कांग्रेस गठबन्धनको सरकार बन्ने भएको छ । ९० सिटमध्ये एनसीले ४१ स्थानमा जितेको छ भने कांग्रेसले ६ सिट जितेको छ ।

भारतीय जनता पार्टीले २९ सिट जितेको छ । ७ सिटमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

धारा ३७० हटाएपछि जम्मू कश्मीरमा पहिलो पटक चुनाव भएको हो । जम्मू कश्मीरमा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म ३ चरणमा भएको चुनावमा ६३.८८ प्रतिशत मत खसेको थियो । १० वर्षअघि २०१४ मा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो । यसपटक १.१२ प्रतिशत कम मतदान भएको हो ।

यस्तै, हरियाणामा भापजाले बहुमत प्राप्त गर्ने देखिन्छ ।

९० सिटमा भाजपाले २६ सिट जितेको छ भने २४ स्थानमा अगाडि रहेको छ । कांग्रेस २० सिट जितेको छ भने १५ स्थानमा अगाडि रहेको छ । स्वतन्त्रले २ सिट जितेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register