आधा करोड बढीका तस्करीका सामानसहित ट्रक बरामद 

बुटवल।  रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५बाट ठुलो परिमाणमा अवैध सामान बरामद भएको छ । इलाका प्रहरी कार्यालय बुटवल र सो कार्यालय मातहत रहेको प्रहरी चौकी बेलभरियासहित इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख तथा प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याएको लत्ता–कपडासहित ट्रक बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवका प्रहरी नायव उपरीक्षक […]

Oct 8, 2024 - 12:15
 0
आधा करोड बढीका तस्करीका सामानसहित ट्रक बरामद 

बुटवल। 

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५बाट ठुलो परिमाणमा अवैध सामान बरामद भएको छ । इलाका प्रहरी कार्यालय बुटवल र सो कार्यालय मातहत रहेको प्रहरी चौकी बेलभरियासहित इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख तथा प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याएको लत्ता–कपडासहित ट्रक बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवका प्रहरी नायव उपरीक्षक विजय पण्डितले बताए।

प्रहरीका अनुसार बरामद भएको अवैध–लत्ता कपडाको मूल्य  ५० लाख ४२ हजार ४ सय ५० र सामान ओसारपोसारमा प्रयोग भएको लु १ ख ८३४० नम्बरको ट्रकको मूल्य  १२ लाख पर्न जाने अनुमान गरिएको छ । ६२ लाख ४२ हजार ४ सय ५० बराबरको अवैध सामानलाई कारर्वाहीका लागी भन्सार कार्यालय भैरहवा पठाइएको छ ।

 रुपन्देही प्रहरीले जनतामैत्री भएर काम गरेको प्रहरी उपरीक्षक रंजितसिंह राठौरले बताए । चार्डपर्व लक्षित सुरक्षा योजना समेत सार्वजनिक गर्दै कुनै अवाञ्छित गतिविधि हुन नदिन प्रत्येक युनिटलाई निर्देशन दिईसकेको र प्रहरीले जनताको सुरक्षा कुनै कसुर बाँकी नराखी कार्यसम्पादन गर्दै जाने आश्वासन दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register