यात्रा गर्दा बान्ता हुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । गाडीमा यात्रा गर्दा केही व्यक्तिहरूको लागि समस्या हुनसक्छ । यस्ता व्यक्तिहरू गाडीमा यात्रा गर्न डराउँछन् । गाडीमा लामो यात्रामा मोशन सिकनेस अर्थात् बान्ता हुनसक्छ । यदि तपाईंलाई प्रायः यस्तो हुन्छ भने तपाईंको लागि केही सुझावहरू छन्, जसको मद्दतले तपाईं सजिलै यो समस्या समाधान गर्न सक्नुहुन्छ । आफूलाई शान्त राख्ने  सवारी साधनभित्र मोशन सिकनेस […]

Oct 8, 2024 - 12:37
 0
यात्रा गर्दा बान्ता हुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । गाडीमा यात्रा गर्दा केही व्यक्तिहरूको लागि समस्या हुनसक्छ । यस्ता व्यक्तिहरू गाडीमा यात्रा गर्न डराउँछन् । गाडीमा लामो यात्रामा मोशन सिकनेस अर्थात् बान्ता हुनसक्छ ।

यदि तपाईंलाई प्रायः यस्तो हुन्छ भने तपाईंको लागि केही सुझावहरू छन्, जसको मद्दतले तपाईं सजिलै यो समस्या समाधान गर्न सक्नुहुन्छ ।

आफूलाई शान्त राख्ने 

सवारी साधनभित्र मोशन सिकनेस हुनु एकदमै सामान्य कुरा हो । यदि तपाईं यो समस्याबाट पीडित हुनुहुन्छ वा यात्राको क्रममा यस्तो अवस्था आइपर्छ भने सबैभन्दा पहिले आफूलाई शान्त राख्ने कोसिस गर्नुहोस् । वास्तवमा, यस्तो अवस्थामा धेरैजसो व्यक्ति आत्तिन्छन् र अवस्था बिग्रन्छ ।

अगाडीको सिटमा बस्ने्

गाडीको यात्राको क्रममा यदि मोशन सिकनेस हुन्छ भने यात्रा गर्नुअघि नै यस्तो सिट छनोट गर्नुहोस्, जहाँ यो समस्याबाट सजिलै नहुन सक्छ । जसलाई मोशन सिकनेस हुन्छ, उनीहरू गाडीको अगाडिको सिटमा बस्नुपर्छ । यसले बान्ताको सम्भावना कम गर्न सक्छ ।

ताजा हावा लिने

गाडीको यात्राको क्रममा धेरै व्यक्तिले वाकवाकी हुने समस्याको सामना गर्छन् । यस्तो अवस्थामा तपाईंले झ्यालतर्फको सिटमा बस्नुपर्छ । साथै, गाडीको झ्याल केही खोलेर राख्न सक्नुहुन्छ । यस क्रममा बाहिरको ताजा हावा आउँदा मोशन सिकनेसको समस्या हट्न सक्छ ।

खानपानको ख्याल राख्ने

यदि तपाईंलाई मोशन सिकनेसको समस्या हुन्छ भने यात्राको क्रममा आफूलाई हाइड्रेटेड राख्नुहोस् । साथै यात्राको क्रममा हलुका खाना खानुहोस् । यसो गर्दा यो समस्याबाट केही राहत मिल्न सक्छ । यद्यपि, यात्राको क्रममा भोको बस्नु हुँदैन, नत्र यो समस्या बढ्न सक्छ ।

निद्रा पूरा

यात्राको क्रममा यदि मोशन सिकनेसको समस्या हुन्छ भने यसबाट बच्नको लागि आफ्नो निद्रा पूरा गर्नुहोस् । कहिलेकाहीँ निद्राको कमीले गर्दा यो समस्या बढ्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register