रक्तदान जागरण गीतमा नयाँ आयाम 

काठमाडौं । नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा शब्द रचना गरिएको, जीवित जल्मीद्वारा संगीत दिइएको रक्तदान जागरणसम्बन्धी ‘जित्ने रहर’ गीतलाई नेपाल आइडल सिजन ५ का विजेता करण परियारले रेकर्ड गरेका छन् । उक्त रक्तदान जागरण गीतको रेकर्डिङ शुक्रबार स्ट्रिङ स्टुडियोमा हरिशरण मानन्धरले गरेका हुन् । सोही अवसरमा […]

Oct 8, 2024 - 16:15
 0
रक्तदान जागरण गीतमा नयाँ आयाम 

काठमाडौं ।


नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा शब्द रचना गरिएको, जीवित जल्मीद्वारा संगीत दिइएको रक्तदान जागरणसम्बन्धी ‘जित्ने रहर’ गीतलाई नेपाल आइडल सिजन ५ का विजेता करण परियारले रेकर्ड गरेका छन् ।

उक्त रक्तदान जागरण गीतको रेकर्डिङ शुक्रबार स्ट्रिङ स्टुडियोमा हरिशरण मानन्धरले गरेका हुन् । सोही अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट प्रकाशनमा ल्याइएको ‘हाम्रो रगत’ नामक पत्रिका सम्मान स्वरूप गायक परियार र रेकर्डिस्ट मानन्धरलाई अध्यक्ष कर्माचार्यद्वारा प्रदान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register