एमालेको उद्देश्य छ अहिलेको संविधान खारेज गर्ने हो, त्यसकै लागि संशोधनको कुरा गरेका हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको चाहना अहिलेको संविधान संशोधन गर्ने नभइ खारेज गर्ने रहेको आरोप लगाएका छन् । मंगलबार सम्पादकहरुसँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान खारेज गर्ने उद्देश्य पुरा गर्न अहिले संशोधनको हल्ला चलाइएको आरोप समेत लगाए । उनले भने, ‘यो संविधान एमाले नेतृत्वलाई सुरु देखि नै मन परेको […]

Oct 9, 2024 - 06:01
 0
एमालेको उद्देश्य छ अहिलेको संविधान खारेज गर्ने हो, त्यसकै लागि संशोधनको कुरा गरेका हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको चाहना अहिलेको संविधान संशोधन गर्ने नभइ खारेज गर्ने रहेको आरोप लगाएका छन् ।

मंगलबार सम्पादकहरुसँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान खारेज गर्ने उद्देश्य पुरा गर्न अहिले संशोधनको हल्ला चलाइएको आरोप समेत लगाए ।

उनले भने, ‘यो संविधान एमाले नेतृत्वलाई सुरु देखि नै मन परेको छैन । उनीहरु यसमा माओवादीको छायाँ देख्छन् । त्यसैले यसको खारेजी एमालेको चाहना हो । त्यसका लागि वातावरण बनाउन संशोधनको चर्चा चलाइएको छ ।’

विगतमा दुई पटकसम्म संसद विघटन गर्नुको उद्देश्य पनि संविधान खारेज गर्नकै लागि भएको प्रचण्डले दाबी गरे । उनले एमालेलाई अहिले संविधानले दिएका संघीयता, समावेशीता र गणतन्त्र केही पनि मन नपरेको आरोप लगाए ।

प्रचण्डले भने, ‘संविधान निर्माणकै बेला एमालेलाई मन परेको थिएन् । उनीहरुलाई केही पनि मन परेको छैन, समावेशीता, संघीयता र गणतन्त्र केही पनि । वयलगाडावालालाई गणतन्त्र मन पर्ने कुरा पनि भएन । सिधै खारेजीको कुरा गर्न नसकेर मात्रै संशोधन भनेका हुन् ।’

उनले अहिलेको संविधान संशोधनभन्दा पनि कार्यान्वयनको खाँचो रहेको औंल्याए । एकातिर संविधान कार्यान्वयनमा हलो अड्काएर संशोधनको कुरा गरिएको प्रचण्डको तर्क छ ।

संविधान संशोधन गर्नै परे शान्ति सम्झौताको मुख्य हस्ताक्षरकर्ता आफूहरुसँग सल्लाह नगरी सम्भव नहुने भन्दै उनले भने,’यो संविधानले शान्ति सम्झौतालाई पनि आफ्नो अङ्गका रुपमा स्वीकार गरेको छ । त्यसको हस्ताक्षरकर्तासँग सहमति नगरी संविधान संशोधन हुन सक्दैन ।’

२ घण्टा लामो छलफलका क्रममा प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रको भुटान भ्रमण, भूराजनीतिदेखि बालेन र रवि लामिछानेसम्मका विषय उठान गरे ।

पूर्व राजाको भुटान भ्रमणलाई उनले देशमा देखिएको संकटको अभिव्यक्तिका रुपमा अर्थ्याए । तर, अब मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको उनले दोहोर्याए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register