प्राथमिकता र प्रतिबद्धताका साथ सहकार्य गरेर अगाडि बढ्ने  : अर्जुन पौडेल

काठमाडाैं । गृह मन्त्रालयबाट रसुवा जिल्लामा भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको रूपमा आएका अर्जुन पौडेलले रसुवा जिल्लाको कार्यभार सम्हालेका छन् ।  वालिङ नगरपालिका स्याङ्जा स्थायी ठेगाना भएका पौडेलको निजामती सेवामा करिब २० वर्षको अनुभव रहेको छ। प्रमुख जिल्ला अधिकारी पौडेलसँग यसअघि स्थानीय विकास मन्त्रालय,  अर्थ मन्त्रालय र गृह मन्त्रालय अन्तर्गत रही जिम्मेवारी निर्वाह गरेको अनुभव […]

Oct 9, 2024 - 17:51
 0
प्राथमिकता र प्रतिबद्धताका साथ सहकार्य गरेर अगाडि बढ्ने  : अर्जुन पौडेल
काठमाडाैं ।

गृह मन्त्रालयबाट रसुवा जिल्लामा भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको रूपमा आएका अर्जुन पौडेलले रसुवा जिल्लाको कार्यभार सम्हालेका छन् ।

 वालिङ नगरपालिका स्याङ्जा स्थायी ठेगाना भएका पौडेलको निजामती सेवामा करिब २० वर्षको अनुभव रहेको छ। प्रमुख जिल्ला अधिकारी पौडेलसँग यसअघि स्थानीय विकास मन्त्रालय,  अर्थ मन्त्रालय र गृह मन्त्रालय अन्तर्गत रही जिम्मेवारी निर्वाह गरेको अनुभव रहेको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलले हालसम्म हासिल गरेको ज्ञान र अनुभवका आधारमा जिल्लास्थित स्थानीय तह सरकारी तथा गैरसरकारी निकाय निजी क्षेत्र नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यकता अनुसार समन्वय तथा सहकार्य गरी  जिल्लामा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गराउने मुख्य ध्येय रहेको ब्यहोरा जानकारी गराएका छन् ।

संघीय सरकारको जिल्लास्थित प्रतिनिधिको रूपमा रसुवा जिल्लामा आईसकेपश्चात जिल्लामा नागरिकहरूले अनुभूत गर्न सक्ने गरी समग्र शान्ति, सुरक्षा कायम गर्ने, सबै प्रकारका अपराध नियन्त्रणमा ठोस पहल गर्ने,  सेवा प्रवाहमा नागरिकले भोग्नुपरेका सास्ती हैरानी न्यूनीकरण गर्ने, विकास तथा आयोजनामा सहजीकरण गरी तोकिएको समयमा सम्पन्न गर्न पहल गर्ने, राजस्व चुहावट तथा तस्करी नियन्त्रण गर्ने, बजार अनुगमन तीव्र पारी बजार सुशासन कायम गर्ने, जिल्लास्थित कार्यालयहरूबाट नागरिकहरूले पाउने सेवामा सहजीकरण गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउने विषय आफ्नो प्रमुख प्राथमिकता रहेको ब्यहोरा उहाँले जानकारी गराए।

उनले आफू जिल्लामा आइसकेपश्चात् प्रारम्भिक रूपमा स्याप्रुबेसीमा बजार अनुगमन, पालिकासँग सेवा प्रवाह र लागुऔषध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम, कारागार निरीक्षण, प्रहरी चौकी निरीक्षण, जिल्लास्थित केही कार्यालयहरूको निरीक्षण सम्पन्न गरि सकेका छन् ।

निजले जिल्लास्थित सुरक्षा अधिकारीहरू सहित यही असोजमा भएको भारी वर्षाका कारण क्षति भएको स्थानहरू र केरुङ नाकाको चीनतर्फको अवरुद्ध स्थानको निरीक्षण गरी चिनिया पक्षसँग छलफल गरी चीनतर्फ रहेका सामाग्री, भेडाच्याङ्गरा, पर्यटक, कामदारलाई नेपाल ल्याउन आवश्यक पहल गरेका छन् । त्यसै गरी जिल्लाको चाडपर्व लक्षित सुरक्षा योजना निर्माण गरी सोको प्रभावकारी कार्यान्वयनमा जोड दिने वताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लास्थित स्थानीय तह, राजनीतिक दल, संघसंस्था, पत्रकार नागरिक समाज तथा सम्पूर्ण पक्ष र निकायसँग समन्वय गरी जिल्लाको समग्र सुशासन, सेवा प्रवाह, शान्ति सुरक्षा  र विकास व्यवस्थापनमा सकारात्मक योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register