भुपु सैनिक संघका पूर्व अध्यक्ष डीके गुरुङको निधन

झापा, २६ असोज । भारतीय गोर्खा सेनाबाट अवकास प्राप्त भुतपूर्व सैनिक संघका पूर्व अध्यक्ष डीके गुरुङको निधन भएको छ । खेलकुद क्षेत्रमा विशेषगरी फुटबलमा खेलमा लगाभ भएका उहाँको आज ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय गोर्खा सेनामा कार्यरत हुँदै फुटबल खेल्दै आउनुभएका उहाँ अवकास पछि बिर्तामोड–२ मा बसोबास गदै आउनुभएका थियो । सुकृति [...] The post भुपु सैनिक संघका पूर्व अध्यक्ष डीके गुरुङको निधन appeared first on Jhapa Online.

Oct 12, 2024 - 09:38
 0
भुपु सैनिक संघका पूर्व अध्यक्ष डीके गुरुङको निधन

झापा, २६ असोज । भारतीय गोर्खा सेनाबाट अवकास प्राप्त भुतपूर्व सैनिक संघका पूर्व अध्यक्ष डीके गुरुङको निधन भएको छ ।

खेलकुद क्षेत्रमा विशेषगरी फुटबलमा खेलमा लगाभ भएका उहाँको आज ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय गोर्खा सेनामा कार्यरत हुँदै फुटबल खेल्दै आउनुभएका उहाँ अवकास पछि बिर्तामोड–२ मा बसोबास गदै आउनुभएका थियो । सुकृति फुटबल क्लब बिर्तामोडका संस्थापक अध्यक्ष उहाँ पाँचथर जिल्लाको फिदिम नपा वडा नं. ७ (साविक रानीटार–२) मा २०१६ साल भदौ २४ गते जन्मनु भई हाल बिर्तामोड–२ स्थित चारपानेमा बसोबास गर्दै आउनुभएको थियो ।

उहाँले बिर्तामोड फुटबल क्लबका अध्यक्ष भई खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहनु भएको थियो । विभिन्न सामाजिक संस्थामा आवद्ध भएर सामाजिक सेवामा समर्पित उहाँ तमू ह्युल छोंज धीं गुरुङ समाज विर्तामोडका संस्थापक अध्यक्ष भई १७ वर्षदेखि अनवरत रुपमा तमू जातिको उन्नयन लागिरहनुभएको थियो ।

मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङका काइला दाई उहाँको दुई श्रीमती एक छोरा हुनुहुन्छ । छोरा आइपुगे पछि गुरुङको अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ ।

The post भुपु सैनिक संघका पूर्व अध्यक्ष डीके गुरुङको निधन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register