बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कैलाली । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ । गएराति नै धनगढी क्षेत्रबाट बझाङ केदारस्यू गाउँपालिका–२का […]

Oct 12, 2024 - 15:25
 0
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कैलाली । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

गएराति नै धनगढी क्षेत्रबाट बझाङ केदारस्यू गाउँपालिका–२का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगरलाई लागु औषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register