दशैं मनाउन गाउँघर पुगेकाहरू फर्किन थाले, बढ्यो काठमाडौं उपत्यकाको चहलपहल

काठमाडौं ।  दशैंका लागि गाउँघर पुगेका फर्किने क्रम शुरु भएको छ । यससँगै काठमाडौं उपत्यकामा चहलपहल सुरु भएको छ । फूलपातीपछि सुनसान काठमाडौं फेरि चलायमान हुन चालेको छ । आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य […]

Oct 14, 2024 - 02:49
 0
दशैं मनाउन गाउँघर पुगेकाहरू फर्किन थाले, बढ्यो काठमाडौं उपत्यकाको चहलपहल

काठमाडौं ।  दशैंका लागि गाउँघर पुगेका फर्किने क्रम शुरु भएको छ । यससँगै काठमाडौं उपत्यकामा चहलपहल सुरु भएको छ । फूलपातीपछि सुनसान काठमाडौं फेरि चलायमान हुन चालेको छ ।

आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् ।

यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको छ । तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ ।

गएको असोज १०, ११ र १२ गतेको बाढीरपहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् ।

तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।

यसैबीच आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register