सल्यानमा एक सुत्केरीको मृत्यु

सुर्खेत । सल्यानमा एक सुत्केरीको मृत्यु भएको छ । कुमाख गाउँपालिका– ५ झारकाँडाकी २७ वर्षीया अस्मिता कुमाईको मृत्यु भएको हो । उनी २० दिनको सुत्केरी थिइन् । आइतबार बेलुका खाना खाएपछि अस्मिताको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि श्रीमान् मनविर कुमाईले मिसन अस्पताल चौरजहारी लैजादैँ गर्दा बाटैमा मृत्यु भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले […]

Oct 14, 2024 - 10:21
 0
सल्यानमा एक सुत्केरीको मृत्यु

सुर्खेत । सल्यानमा एक सुत्केरीको मृत्यु भएको छ । कुमाख गाउँपालिका– ५ झारकाँडाकी २७ वर्षीया अस्मिता कुमाईको मृत्यु भएको हो । उनी २० दिनको सुत्केरी थिइन् ।

आइतबार बेलुका खाना खाएपछि अस्मिताको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि श्रीमान् मनविर कुमाईले मिसन अस्पताल चौरजहारी लैजादैँ गर्दा बाटैमा मृत्यु भएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणपछि कुमाई श्वासप्रश्वासको समस्याबाट पीडित थिइन् । श्वासप्रश्वासकै समस्याका कारण कुमाईको मृत्यु भएको हुनसक्ने ओलीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register