भोलिको खेल नेपाली स्टाइलमा जित्छौँ : कप्तान अन्जिला

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगालदेशविरुद्ध नेपाल नेपाली स्टाइलमा जित्ने कप्तान अन्जिला तुम्बाप्पो सुब्बाले बताएकी छन् । फाइनल अगाडि मंगलबार भएको प्री-म्याच कन्फरेन्समा कप्तान सुब्बाले यस्तो बताएकी हुन् । कप्तान सुब्बाले भनिन्, ‘भोलिको लागि हामी तयार छौँ । फाइनलमा हामी हारिरहेका छौँ । तर, भोलिको खेल नेपाली स्टाइलमा खेलेर जित्छौँ ।’ उनले थप […]

Oct 29, 2024 - 10:13
 0
भोलिको खेल नेपाली स्टाइलमा जित्छौँ : कप्तान अन्जिला

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगालदेशविरुद्ध नेपाल नेपाली स्टाइलमा जित्ने कप्तान अन्जिला तुम्बाप्पो सुब्बाले बताएकी छन् । फाइनल अगाडि मंगलबार भएको प्री-म्याच कन्फरेन्समा कप्तान सुब्बाले यस्तो बताएकी हुन् ।

कप्तान सुब्बाले भनिन्, ‘भोलिको लागि हामी तयार छौँ । फाइनलमा हामी हारिरहेका छौँ । तर, भोलिको खेल नेपाली स्टाइलमा खेलेर जित्छौँ ।’

उनले थप भनिन् , ‘अहिलेसम्म जति हार्यौँ, त्यो पास्ट हो, त्यसबाट हामीले सिकिसकेका छौँ । यो प्रिजेन्ट हो । हामीलाई एक अर्कामाथि विश्वास छ । पहिले के गल्ती थियो । त्यसलाई हामीले सुधारेका छौँ । भोलि सकारात्मक नतिजा दिनेमा हामी आशावादी छौँ । ’

‘भोलिको खेल बदलाभन्दा पनि अवसरको रुपमा लिनेछौँ । टिम स्पिरिट राम्रो छ । टिम बोन्डिङ राम्रो छ । भोलिको खेल जित्नु नै पर्ने हुन्छ,’ सुब्बाले भनिन्, ‘ यदि अब हामीले भोलि पनि जितेनौँ भने हामीलाई टिम बनाउन ५ देखि १० वर्ष लाग्छ । हामी सक्छौँ, हामी गछौँ भन्ने नारासहित हामी राम्रो गरेर देखाउँछौँ ।’

भारतविरुद्धको सेमिफाइनलमा सम्पूर्ण नेपाली दर्शकले दिएको साथको लागि पनि कप्तान सुब्बाले धन्यवाद दिइन् ।

‘भारतविरुद्धको खेलमा दर्शकलाई धन्यवाद दिन चाहन्छु । अन्तिमसम्म बसिदिनु भयो । यति धेरै साथ पाइन्छ भन्ने अपेक्षा गरेका थिएनौँ । अन्तिमको ३५ मिनेटमा खेल्दा र जितेको टिम स्पिरिटको कारण हो । जसमा दर्शकको मुख्य भूमिका थियो । दर्शकका कारण १० जना नभई ११ भर्सेस ११ खेलिरहेको अनुभुति भएको थियो,’ सुब्बाले भनिन् ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङ पनि यसअघिको गल्तीलाई सच्च्याएर उपाधि यहीँ राख्नेमा ढुक्क छन् ।

उनी भन्छन्,  ‘सन् २०२२ को फाइनलमा रणनैतिक रुपमा चुकेका थियौँ । बंगलादेशविरुद्ध पहिले भएका गल्तीलाई सच्च्याएर खेल्ने छौँ । बंगलादेश बलियो टोली हो । बंगलादेशले इंग्लिश स्टाइलको फुटबल खेल्छ । तर, हाम्रो रणनीति बलियो हुनेछ । ’

खेलाडीको सेल्फ मोटिभेसनले नै बंगलादेशविरुद्ध मद्दत गर्ने बताए । ‘खेलाडीले आफैँ जित्नुपर्छ भन्ने भावनाको कारण जितेका हौँ । रणनीति त भइहाल्छ तर, स्लेफ मोटिभेसनले नै टोलीलाई जित्न मद्दत गर्छ । ’

उनले विपक्षीको शैली अनुरुप टोलीलाई व्यवस्थापन गर्ने बताए । ‘टोली व्यवस्थापनले मुख्य भूमिका पनि खेल्छ । विपक्षीको टोलीको शैली देखेर टोलीलाई म्यानेज गर्नुपर्छ । १०–१५ मिनेटमा कस्तो खालको फुटबल खेलाइरहेको छ भन्ने कुरा थाहा हुन्छ, ’ तामाङले भने ।

टोलीको बलियो पक्षबारे बोल्दै उनले भने, ‘हामीसँग उत्कृष्ट स्ट्राइकर साम्बा छिन् । त्यो नै हाम्रो बलियो पक्ष थियो । साम्बा दक्षिण एसियामध्ये एसियाको नै उत्कृष्ट स्ट्राइकर हुन् । नेपालको क्षमतवान् खेलाडी हुन् । जसमा भर पर्न सकिन्छ । जुन भारतविरुद्धको टोलीले प्रस्ट देखायो । त्यही भएर अब विपक्षीको कमजोरी पत्ता लगाएर अट्याकलाई ध्यान दिन्छु । ’

‘हाम्रो खेलाडीले बंगालदेशलाई हराउन राम्रो योजनाको साथ जानुपर्ने हुन्छ । प्राय: जसो फाइनलमा हारे पनि भोलिको खेल जित्ने मनासयले नै आत्मसाथ गरेर खेल्ने छौँ, ’ उनले भने ।

खेलाडीको सबै क्षमताको विशलेषण गरिसकेको र टिम सेट राम्रो भएको प्रशिक्षक तामाङले सुनिश्चित गरे ।

‘खेलमा जित्न एउटा राम्रो लिडरको आवश्यकता हुन्छ । भुटानको खेलमा त्यही गल्ती भयो । एक्लै होइन की टिमको रुपमा खेल्न सबैलाई भनेको थिए,’ तामाङले भने, ‘भारतविरुद्धको खेलमा डिफेन्सका कारण गल्ती कम नै भएको थियो । भारतविरुद्ध राम्रो डिफेन्स गरेर काउन्टर अट्याक गर्न सफल भएका थियौँ । र त्यस खेलमा लिडरले कस्तो भूमिका खेल्छ देखायो ।’

सबै घाइते भएका खेलाडी स्वस्थ भइसकेको उनले बताए ।  उनले सेमिफाइनलमा अपेक्षा गरेको भन्दा निकै दर्शक आउँदा सम्हाल्न गाह्रो भएको पनि बताए । तथापि, उनले दर्शकलाई संयमपूर्वक साथ दिन पनि आग्रह गरे ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल बुधबार साँझ ६:३० बजे दशरथ रंगशालामा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register