हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । सोमवार साँझ साढे ७ बजेतिर हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका राईको गएराति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ । चुलाचुली, […]

Oct 15, 2024 - 05:59
 0
हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

इलाम ।

इलामको चुलाचुली गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

सोमवार साँझ साढे ७ बजेतिर हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका राईको गएराति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

चुलाचुली, महमाई, दानबारीलगायतका क्षेत्रमा हात्तीको समस्या बढ्दै गएको स्थानीयले बताएका छन् । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register