दशैको मुखमा पनि रौतहटका तीन पालिकाका शिक्षक तलब भत्ता पाउनबाट वञ्चित

रौतहट । लामो समयदेखि रौतहटका तीन पालिकाले तलब भत्ता निकासा नदिँदा शिक्षकहरू मारमा परेका छन् । दसैँ पर्वको बेला समेत तलब भत्ता नपाउँदा शिक्षकहरू निराश बनेका छन् । साउन महिना देखिनै तलब भत्ता निकासा नदिने पालिकामा रौतहटको वृन्दावन, फतुवाबिजयपुर, बौध्दिमाई नगरपालिका रहेका छन् । समयमै नगर सभा नगर्नु, प्रमुख प्रशासकीय अधिकृतको छिटो सरुवा हुनु, जनप्रतिनिधिहरूमा […]

Oct 15, 2024 - 10:02
 0
दशैको मुखमा पनि रौतहटका तीन पालिकाका शिक्षक तलब भत्ता पाउनबाट वञ्चित

रौतहट ।

लामो समयदेखि रौतहटका तीन पालिकाले तलब भत्ता निकासा नदिँदा शिक्षकहरू मारमा परेका छन् । दसैँ पर्वको बेला समेत तलब भत्ता नपाउँदा शिक्षकहरू निराश बनेका छन् ।

साउन महिना देखिनै तलब भत्ता निकासा नदिने पालिकामा रौतहटको वृन्दावन, फतुवाबिजयपुर, बौध्दिमाई नगरपालिका रहेका छन् । समयमै नगर सभा नगर्नु, प्रमुख प्रशासकीय अधिकृतको छिटो सरुवा हुनु, जनप्रतिनिधिहरूमा बेमेल हुन, पालिकामा बेथिति झागिदै जानुको चपेटामा शिक्षकहरू परेका छन् ।

तलबकै लागि शिक्षकहरूले पटक पटक आन्दोलन गर्दा समेत सुनवाइ हुने गरेको छैन । नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले शिक्षकहरूको तलब समयै निकासा दिएर शैक्षिक वातावरण बनाउन पर्नेमा पालिकाहरूको बेवास्ता हुनु दुखद रहेको बताउनु भयो । उहाँले शिक्षकहरूको तलब अविलम्ब निकासा गर्नु माग गर्नु भएको छ ।

सङ्घीय सरकारले समयमै पठाएको शिक्षकहरूको तलब भत्ता जनप्रतिनिधिहरूको अर्कमण्यताका कारण रोकिनु दुर्भाग्य रहेको छ । नेपाल सरकारले शिक्षकहरू लाई मासिक रुपमा तलब निकासा दिने निर्णय गरेपछि स्थानीय तहको बेतिथिले शिक्षकहरूले समयमै तलब भत्ता पाउन बाट वञ्चित हुँदै आएका छन् । 

सङ्घीय सरकारबाट उपलब्ध शिक्षकहरूको सशर्त अनुदानको तलब भत्ता स्थानीय तहहरूको बेतिथिको कारण शिक्षक कर्मचारीहरूले समयमा नै तलब भत्ता प्राप्त गर्न नसक्दा निराश बनेका हुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तह लाई परिपत्र गर्दै शिक्षकहरूलाई मासिक रूपमा तलब दिने व्यवस्था मिलाउन भने तापनि अझै कार्यान्वयन हुन नसकेको दुखेसो शिक्षकहरूको रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register