कात्तिक महिनाको लागि दश वाणिज्य बैंकले ब्याजदर घटाउँदा बाँकीको स्थिर 

काठमाडौं । कात्तिक महिनाको लागि दश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये बाँकी १० वटाले भने अघिल्लो महिनाकै ब्याजदरलाई स्थिर राखेका छन् । कात्तिक महिनाको लागि ब्याजदर घटाएका बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, हिमालयन, लक्ष्मी सनराइज, सिटिजन्स, प्राइम कमर्सियल, एनआईसी एसिया, सिद्धार्थ, कृषि विकास, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड बैंक […]

Oct 16, 2024 - 06:59
 0
कात्तिक महिनाको लागि दश वाणिज्य बैंकले ब्याजदर घटाउँदा बाँकीको स्थिर 

काठमाडौं । कात्तिक महिनाको लागि दश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये बाँकी १० वटाले भने अघिल्लो महिनाकै ब्याजदरलाई स्थिर राखेका छन् ।

कात्तिक महिनाको लागि ब्याजदर घटाएका बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, हिमालयन, लक्ष्मी सनराइज, सिटिजन्स, प्राइम कमर्सियल, एनआईसी एसिया, सिद्धार्थ, कृषि विकास, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छ ।

त्यसै गरी, कुमारी, नबिल, सानिमा, एनएमबि, ग्लोबल आईएमई, प्रभु, एभरेस्ट, नेपाल एसबीआई, माछापुच्छ्रे, नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कात्तिक महिनाको लागि कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ । कात्तिक महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३ दशमलव ०१ प्रतिशत, ५ दशमलव ३१ प्रतिशत र ३ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ० दशमलव २५ प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ । कृषि विकास बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजलाई ०.०६५ प्रतिशत विन्दुले घटाएको छ ।

नबिल बैंकले साधारण बचत खाता र एक वर्ष अवधिका सबै निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले साधारण बचत खाता र एक वर्षे व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ । संस्थागत मुद्दती खाताको ब्याजदरलाई भने ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशत विन्दुले घटाएको छ । हिमालयन बैंकले यो पटक सबै प्रकारका ब्याजदर घटाएको छ ।

बचत खाताको ब्याजदरलाई ०.१५ प्रतिशत विन्दुले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई एक–एक प्रतिशत विन्दुले घटाएको छ ।
त्यस्तै, नेपाल एसबीआई बैंकले यो महिना ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । एभरेस्ट बैंकले यो महिना सबै प्रकारका ब्याजदरलाई यथावत् राखेको छ ।

प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत दुवै मुद्दती खातामा ०.५० प्रतिशतले ब्याजदर घटाएको छ । ग्लोबल आईएमई बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यस पटक स्थिर राखेको छ ।

सिटिजन्स बैंक कात्तिक महिनाका लागि बचत खातामा ०.००५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । व्यक्तिगत मुद्दती खातामा ०.४० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.५० प्रतिशत ब्याज घटाएको छ ।

एनएमबि बैंकले बचत तथा एक वर्षे मुद्दती खाताको ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन । एनआईसी एसिया बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राख्दा व्यक्तिगत मुद्दती खाताको ब्याजदर १.४५ प्रतिशत विन्दुले घटाएको छ ।

सिद्धार्थ बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ । व्यक्तिगत र संस्थागत मुद्दती खाता ब्याजदरलाई भने क्रमशः ०.२५ र ०.५० प्रतिशत विन्दुले घटाएको छ । सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेको छ ।

माछापुच्छ्रे बैंकले पनि सबै प्रकारका खाताको ब्याजदर कात्तिक महिनामा लागि यथावत् राखेको छ । त्यसै गरी, नेपाल बैंकको सबै प्रकारका खाताहरूको ब्याजदर पनि कात्तिक महिनामा स्थिर छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register