रवि लामिछाने पक्राउ पर्न लागेको भन्दै रास्वपाले बोलायो आकस्मिक भेला

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको छ । संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने संकेत पाएको भन्दै पार्टी कार्यालयमा रास्वपाले भेला डाकेको हो । काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय […]

Oct 18, 2024 - 11:05
 0
रवि लामिछाने पक्राउ पर्न लागेको भन्दै रास्वपाले बोलायो आकस्मिक भेला

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको छ ।

संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने संकेत पाएको भन्दै पार्टी कार्यालयमा रास्वपाले भेला डाकेको हो ।

काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको केन्द्रिय सदस्य टीका संग्रौला ज्वालाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

रास्वपाले  सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ ।

रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थलीमा छन् ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।
स्रोतका अनुसार लामिछानेलाई पक्राउ गर्न कास्की अदालतबाट पुर्जी जारी गर्ने तयारी  छ ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register