मानव बेचबिखनका आरोपी २४ वर्षपछि पक्राउ

सुर्खेत । विवाहको प्रभोलन देखाएर एक महिलालाई भारत लगेर बेचबिखन गरेको आरोपमा एक व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता वीरेन्द्रवीर विश्वकर्माकाअनुसार पक्राउ पर्नेमा सुर्खेत चौकुने गाउँपालिका–७ का ६१ वर्षीया भक्तबहादुर विष्ट छन् । विसं २०५७ असोज १ गते विवाहको प्रलोभन दिई भारतको गोरखपुरमा लगेर बेचबिखन गरेको आरोप लागेका उनलाई […]

Oct 16, 2024 - 11:41
 0
मानव बेचबिखनका आरोपी २४ वर्षपछि पक्राउ

सुर्खेत । विवाहको प्रभोलन देखाएर एक महिलालाई भारत लगेर बेचबिखन गरेको आरोपमा एक व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता वीरेन्द्रवीर विश्वकर्माकाअनुसार पक्राउ पर्नेमा सुर्खेत चौकुने गाउँपालिका–७ का ६१ वर्षीया भक्तबहादुर विष्ट छन् ।

विसं २०५७ असोज १ गते विवाहको प्रलोभन दिई भारतको गोरखपुरमा लगेर बेचबिखन गरेको आरोप लागेका उनलाई बुधबार चौकुने गाउँपालिका–६ बाट जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाइ प्रहरी कार्यालय गुटुको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेको विष्टमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register