गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले गौशालास्थित पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश डालकुमार खड्काको एकल इजलासले यस्तो आदेश दिएको हो । साथै, अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिती, काडमाडौं महानगरपालिकासहित […]

Oct 18, 2024 - 12:53
 0
गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले गौशालास्थित पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश डालकुमार खड्काको एकल इजलासले यस्तो आदेश दिएको हो । साथै, अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिती, काडमाडौं महानगरपालिकासहित ११ वटा निकाय विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register