बढी ‘पोलिटिसाइजेसन’ भयो भने विकासले गति लिँदैन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढी ‘पोलिटिसाइजेसन’ हुँदा विकासले गति नलिने बताएका छन् । शुक्रबार काठमाडौंमा वर्ल्ड हिन्दू इकोनोमिक फोरम, नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “ओभर पोलिटिसाइजेसन भयो भते त्यहाँ विकासले गति लिँदैन,” प्रचण्डले भने । उनले ‘पोलिटिसाइजेसन’ ले सीमित मान्छे मात्रै सम्पन्न […]

Oct 18, 2024 - 12:53
 0
बढी ‘पोलिटिसाइजेसन’ भयो भने विकासले गति लिँदैन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढी ‘पोलिटिसाइजेसन’ हुँदा विकासले गति नलिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा वर्ल्ड हिन्दू इकोनोमिक फोरम, नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“ओभर पोलिटिसाइजेसन भयो भते त्यहाँ विकासले गति लिँदैन,” प्रचण्डले भने । उनले ‘पोलिटिसाइजेसन’ ले सीमित मान्छे मात्रै सम्पन्न हुँदै जाने तर, समग्रतामा देश भने घाटामा जाने बताए ।

उनले विकास जसले गरे पनि हुने बताए । “बिरालो सेतो होस् वा कालो, हन्छ । तर, बिरालोचाहिँ मार्नुपर्छ,” उनले भने, “भनेको विकासचाहिँ हुनुपर्‍यो । तर, हामीकहाँ छैन ।”

उनले वर्ल्ड हिन्दू इकोनोमिक फोरम, नेपाल च्याप्टरले प्रमुख अतिथि बनाएकोमा आश्चार्य व्यक्त गरे । “मैले इकोनोमिक फोरम हुनुको नाताले यसलाई अन्यत्र जोड्नेभन्दा पनि नेपालमा आर्थिक विकासको आवश्यकता रहेको भन्ने कोणबाट बुझेको छु,” उनले भने ।

उनले थपे, “मेरो पृष्ठभूमि, मेरो राजनीति सबै कारणले आयोजक मित्रहरूले मलाई नै प्रमुख अथिति छान्नुभयो भन्ने कुराको जवाफ पाएको छैन,” उनले भने ।

प्रचण्डले आफू पूर्वप्रधानमन्त्री र देशले समानान्तर विकासको पक्षपाति भएकाले कार्यक्रममा बोलाइएको रूपमा बुझेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register