रविलाई एमाले नेता रिजालको जवाफ- सरकार मरेको छैन, सक्रिय छ

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकार मरेको नभई सक्रिय रहेको जवाफ दिएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले  सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका थिए । त्यसको काउन्टर जवाफमा नेता रिजालले सरकार मरेको नभई सक्रिय भएको […]

Oct 18, 2024 - 13:41
 0
रविलाई एमाले नेता रिजालको जवाफ- सरकार मरेको छैन, सक्रिय छ

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकार मरेको नभई सक्रिय रहेको जवाफ दिएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले  सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका थिए ।

त्यसको काउन्टर जवाफमा नेता रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् । फेसबुकबाटै जवाफ लेख्दै रिजालले भनेका छन्, रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।

उनले गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश नखसेको समेत बताएका छन् । त्यो बेला राजनीतिक प्रतिशोध नभएको उनको प्रतिक्रिया छ  ।

उनले प्रश्न गर्दै लेखेका छन् रवि पक्राउ पर्दा के आकाश खस्छ ? ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register