दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने, साइबर ब्यूरोको जिम्मा लगाइयो

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने भएको छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्याएको थियो । त्यसलगत्तै स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो । अहिले सीआईबीले प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा […]

Nov 19, 2024 - 09:31
 0
दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने, साइबर ब्यूरोको जिम्मा लगाइयो

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने भएको छ ।

मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्याएको थियो ।

त्यसलगत्तै स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो । अहिले सीआईबीले प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ ।

उनलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।

प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

‘पटके’ सूचिमा रहेका प्रसाईंविरुद्ध मुद्दाको खात, हुनसक्छ सातवर्ष कैद !

दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register