बन्ने भयो पाथीभरामा केबलकार : १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडाैं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख (मेयर) अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधि तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय […]

Nov 10, 2024 - 01:09
 0
बन्ने भयो पाथीभरामा केबलकार : १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडाैं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ ।

संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख (मेयर) अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

राजनीतिक दलका प्रतिनिधि तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।

’जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधि, सांसद, मेयरसहित जनप्रतिनिधि तथा स्थानीयको उल्लेख्य पस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ उनले भने ।

पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको निर्माण कम्पनीका सञ्चालक केदेमले बताए ।

केबलकार ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने विश्वास लिइएको मेयर मादेनको भनाइ छ । ‘निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्छ,’ उनले भने ।

यसअघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रुखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । अबको १५ महिनाभित्र केबलकार चड्न पाइने उनले दाबी गरे ।

‘पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ,’ उनले थपे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register