बाढी-पहिराे प्रभावित क्षेत्रमा तीव्ररुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत असाेज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढी-पहिराे प्रभावितकाे उद्धार सकिएर राहतकाे काम भइरहेको बताउनु भएको छ  । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बसेकाे १४ औं विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्काे बैठकमा गृहमन्त्री लेखकले बाढी-पहिराे प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणकाे काम भइरहेको बताउनु भयाे । […]

Oct 18, 2024 - 15:16
 0
बाढी-पहिराे प्रभावित क्षेत्रमा तीव्ररुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत असाेज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढी-पहिराे प्रभावितकाे उद्धार सकिएर राहतकाे काम भइरहेको बताउनु भएको छ  ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बसेकाे १४ औं विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्काे बैठकमा गृहमन्त्री लेखकले बाढी-पहिराे प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणकाे काम भइरहेको बताउनु भयाे । बाढी पहिराे प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घाेषणा गरेकाे भन्दै उक्त पालिकामा तत्काल राहतकाे प्याकेज घाेषणा गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार विहिबार बसेकाे विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिकाे बैठकबाट अति क्षति भएको पालिकालाई एक करोड, मध्ये क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय भएकाे छ । असाेज दाेस्राे साताअघि भएकाे विपद्ले निम्त्याएको घटनामा पुनर्स्थापना र पुनर्निर्माणकाे काम भइरहेको उहाँको भनाइ छ ।   “एक वर्षयताका विपद्का घटनाकाे सम्बाेधन हुने गरि निर्णय गर्न आवश्यक छ ।

पुनर्स्थापना र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ,” गृहमन्त्री लेखकले बताउनुभयाे । विपद्मा सीमित स्राेत साधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेकाे भन्दै गृहमन्त्री लेखकले थप स्राेत साधनकाे आवश्यकता औँल्याउनुभयाे ।

साथै उहाँले विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे । बैठकमा असाेज दाेस्राेसाता आएको विपत्तिमा नेतृत्वदायी भूमिका खेलेकाे भन्दै भाैतिक पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री लगायतले गृहमन्त्री लेखकको प्रसंशा गर्नुभएको थियाे । गृहमन्त्री लेखककाे समन्वयकारी भूमिकाले अवरुद्ध सडक र खानेपानी संचालनमा ल्याउनका तथा घाइतेकाे नि:शुल्क उपचार गराउन सहज भएको मन्त्रीहरुकाे भनाइ थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register