भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । आजको खेलमा नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको क्लबले रिलिज नगरेका कारण सावित्राले यो खेल गुमाएकी हुन् । यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक […]

Oct 18, 2024 - 15:16
 0
भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौँ ।

नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

आजको खेलमा नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको क्लबले रिलिज नगरेका कारण सावित्राले यो खेल गुमाएकी हुन् ।

यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अब नेपालले अर्को खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने छ भने भुटानले सोमबार नै श्रीलंकाको सामना गर्ने छ ।

समुह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै ३ अंक बटुलेको छ ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register