साफ महिला फुटबलमा नेपाल र भुटानले अंक बाँडे

झापा, ३ कात्तिक । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । खेलको अधिकांश समय बल नियन्त्रणमा [...] The post साफ महिला फुटबलमा नेपाल र भुटानले अंक बाँडे appeared first on Jhapa Online.

Oct 19, 2024 - 02:09
 0
साफ महिला फुटबलमा नेपाल र भुटानले अंक बाँडे

झापा, ३ कात्तिक । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् ।

समूह ‘बी’अन्तर्गत शुक्रबार नै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एक एक अङ्कका साथ दोस्रो स्थानमा छन् ।

The post साफ महिला फुटबलमा नेपाल र भुटानले अंक बाँडे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register