भद्रपुरमा लागुऔषधसहित हल्दिबारीका युवा पक्राउ

झापा, ३ कात्तिक । झापाको भद्रपुरबाट हल्दिबारीका एक युवालाई लागुऔषधसहित पक्राउ गरिएको छ । शुक्रबार दिउँसो भद्रपुर–३ झोलुङ्गे पुलस्थित सप्रबल नेपाल बीओपी महेशपुरबाट दिएको गोप्य सूचनाको आधारमा प्रहरी टोली सहित खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ११ प ९६४७ नम्बरको कालो पल्सर मोटरसाइकल चालक जिल्ला झापा हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय विष्णु राजवंशीलाई चेकजाँच [...] The post भद्रपुरमा लागुऔषधसहित हल्दिबारीका युवा पक्राउ appeared first on Jhapa Online.

Oct 19, 2024 - 02:19
 0
भद्रपुरमा लागुऔषधसहित हल्दिबारीका युवा पक्राउ

झापा, ३ कात्तिक । झापाको भद्रपुरबाट हल्दिबारीका एक युवालाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

शुक्रबार दिउँसो भद्रपुर–३ झोलुङ्गे पुलस्थित सप्रबल नेपाल बीओपी महेशपुरबाट दिएको गोप्य सूचनाको आधारमा प्रहरी टोली सहित खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ११ प ९६४७ नम्बरको कालो पल्सर मोटरसाइकल चालक जिल्ला झापा हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय विष्णु राजवंशीलाई चेकजाँच गर्ने क्रममा निजले मुख भित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको लागु औषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक सहित २ ग्राम ५६० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ९५० मिलिग्राम र मोटरसाइकल सहित नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post भद्रपुरमा लागुऔषधसहित हल्दिबारीका युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register