लागुऔषधसहित ७ जना पक्राउ

झापा, ३ कात्तिक । मोरङ, झापा र उदयपुरबाट लागुऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कात्तिक २ गते दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १० क्याप्सुलसहित उर्लाबारी–६ का ३० वर्षीय प्रकाश बिक र ५१ [...] The post लागुऔषधसहित ७ जना पक्राउ appeared first on Jhapa Online.

Oct 19, 2024 - 12:30
 0
लागुऔषधसहित ७ जना पक्राउ

झापा, ३ कात्तिक । मोरङ, झापा र उदयपुरबाट लागुऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

कात्तिक २ गते दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १० क्याप्सुलसहित उर्लाबारी–६ का ३० वर्षीय प्रकाश बिक र ५१ वर्षीय काजीमान सार्कीलाई पक्राउ गरेको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–१२ का २० वर्षीय रुपन लिम्बू, २८ वर्षीय असिम राई, ३६ वर्षीय सञ्जिव थापा र त्रियुगा नगरपालिका–१३ का ३५ वर्षीय मलिन थापालाई प्रतिबन्धित औषधी स्पास्मो ५० क्याप्सुल र १५० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका(३ स्थितमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हल्दिबारी गाउँपालिका–२का २५ बर्षीय बिष्णु राजवंशीलाई १ ग्राम ९५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषधसहित ७ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register